बासमती चामलको जीआई ट्याग पाउन भारत र पाकिस्तानबीच किन हानथाप ?
नयाँदिल्ली । गत वर्ष भारतले युरोपेली युनियन (ईयू)मा बासमती चामलको लागि भौगोलिक संकेत (जीआई) ट्याग पाउन आवेदन दिएको थियो । आफ्नो आवेदनमा भारतले बासमती चामल एक विशेष प्रकारको लामा दानावाला सुगन्ध दिने चामलको रुपमा व्याख्या गर्दै भारतीय उपमहाद्वीपको खास ठाउँमा यसको खेती गरिने गरिएको उल्लेख गरेको थियो ।
ईयूको आधिकारिक जर्नलमा सन् २०२० को सेप्टेम्बरमा छापिएको आलेखअनुसार बासमती चामलको ऐतिहासिक सुरुवात, वातावरणसम्बन्धी मुद्दा र उत्पादनको विशेषतासँगै यो आवेदनमा भनिएको छ, ‘ऐतिहासिक, परम्परागत, सांस्कृतिक र सामाजिक रुपबाट बासमती चामल भारतीय उपमहाद्वीपसँगै जोडिएको छ र यसबाट यसको अन्तर्राष्ट्रिय छवि निर्माण भएको छ । यसको लागि भारतलाई बासमती चामलको लागि जीआई ट्याग दिनुपर्छ ।’
पाकिस्तानको विरोध : तर भारतले बासमती चामलको लागि जीआई ट्याग माग गरेपछि पाकिस्तानले यसको जोडदार विरोध जनायो । उसले बासमती चामल पाकिस्तानमा पनि उत्पादन हुने बताएको थियो । भारतलाई बासमती चामलको जीआाई ट्याग दिएपछि पाकिस्तानले आफ्नो बासमती चामल निर्यातमा असर पर्नसक्ने र यसबाट आफ्ना किसानको जीविका नै प्रभावित हुनसक्ने बताएको थियो । तर दुई देशको यो विवाद एक वर्षपछि समाधानको दिशामा गएको छ । भारत र पाकिस्तान दुवैले बासमती चामलको जीआई ट्याग लिन र यसको संयुक्त स्वामित्व लिन सहमत भएका हुन् ।
के फाइदा ? जीआई ट्याग पाउनको लागि यो विवादका कारण यसका धेरै फाइदा बाहिर आउनथालेका छन् । कुनै उत्पादनको आफ्नो भौगोलिक इलाका दाबी गरेसँगै त्यो उत्पादनको विशेषताबारे जीआई ट्यागले भरोसा दिलाउँछ । भारतले ज्योग्राफिकल इन्डिकेसन (जीआई) अफ गुड्स रजिस्ट्रेसन एन्ड प्रोटेक्सन एक्ट १९९९ लागू गरी यस्ता उत्पादनमा आफ्नो हक बनाउन सुरु गरेको थियो । भारतसँग अहिले करिब तीन सय ७० जीआई रजिस्टर्ड उत्पादन रहेको छ । यो उत्पादन कृषि हेन्डिक्राफ्ट फुड वाइन र स्पेडका साथै म्यानुफ्याक्चर्ड क्याटेगोरीमा आउँछ ।
भर्खरैमात्र जीआई ट्यागमा मणिपुरको कालो चामल र गोरखपुरको टेराकोटा भी पनि सामेल भएको छ । सरकारी अधिकारीका अनुसार भारतीय बासमती चामलको लागि जीआई ट्याग मिलेसँगै युरोपेली संघलाई बासमती चामलको निर्यात करिब दुई गुणा वृद्धि भएको छ । बासमती चामलको भाउ प्रतिटन आठ सय ६८ अमेरिकी डलर छ । जब कि अरु चामलको भाउ प्रतिटन तीन सय ३७ अमेरिकी डलर मात्रै छ । जीआई ट्याग मिलेपछि बजारमा भारतीय बासमती चामलको नाममा बिकिरहेका दोस्रो उत्पादनलाई भने समस्या आउन सक्नेछ । नवभारत टाइम्सबाट भावानुवाद
क्याटेगोरी : विश्व बजार, समाचार
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया