प्याज निर्यातमा लगाइएको प्रतिबन्ध हटाउँदै भारत
नयाँ दिल्ली, माघ ८
भारतले पछिल्लो समय प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाउने तयारी गरेको छ । भारतीय मिडियाहरुका अनुसार उत्पादक क्षेत्रबाट प्याज आउन सुरु भएसँगै निर्यातमा लगाइएको प्रतिबन्ध हटाउन लागिएको हो । भारतमा प्याज आउने क्रम सुरु भएसँगै मूल्य पनि घट्न थालेको छ । नवभारत टाइम्सका अनुसार नयाँ प्याजले मूल्य घट्ने भएपछि प्रतिबन्ध हटाउनुपर्ने एक अधिकारीले बताएका छन् । पछिल्लो समय भारतमा प्याजको मूल्य आकाशिएको छ । प्रतिकिलो १ सय ६० भारु प्रतिकिलोग्रामसम्म प्याजको भाउ बढेको थियो । विभिन्न स्थानबाट प्याज आउनथालेपछि हाल ६० देखि ७० भारुसम्ममा मूल्य झरेको छ । आगामी मे महिनासम्म भारतमा नयाँ प्याज आउने बताइएको छ ।
भारतले सन् २०१९ को सेप्टेम्बरमा घरेलु बजारमा पर्याप्त उपलब्ध गराउन र बढ्दो मूल्य नियन्त्रण गर्न निर्यातमा प्रतिबन्धको घोषणा गरेको थियो । साथै व्यापारीलाई समेत गोदाममा राख्ने सीमा निर्धारण गरिएको थियो । महाराष्ट्रमा प्याजको पर्याप्त खेती हुने भए पनि यो वर्ष मौसम प्रतिकूल भई बढी वर्षा हुँदा प्याज अभाव हुन गएको थियो । महाराष्ट्रको प्याज देशभित्रै राम्ररी पुग्न नपाएपछि राजधानी नयाँ दिल्लीलगायतका स्थानमा खुद्रा मूल्य आकाशिएको थियो ।एजेन्सी
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया