१३ क्षेत्रमा बंगलादेश विश्वको १० उत्पादकमा पर्न सफल
ढाका । दक्षिण एसियाली राष्ट्र बंगलादेश १३ क्षेत्रमा विश्वको १० उत्पादकमध्ये पर्न सफल भएको छ । बंगलादेशी मिडियाका अनुसार माछापालनलगायत १३ क्षेत्रमा पर्न सफल भएको पशुपालनमन्त्री एसएम रिजल कारिमले जानकारी दिएका हुन् । तीमध्ये हिल्सा माछाा उत्पादनमा बंगलादेश पहिलो छ । चामल उत्पादनमा तेस्रो र घरभित्रको माछा उत्पादनमा तेस्रो स्थानमा रहेको छ भने काला बंगाल बाख्रा उत्पादनमा चौथो, तरकारीमा तेस्रो र आलु उत्पादनमा छैठौँ स्थानमा रहेको उनले बताए ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को पशुपालन र पशुजन्य उत्पादनको क्षेत्रीय व्यापार विस्तारबारेको भर्चुअल छलफलमा उनले उक्त जानकारी दिएका हुन् । उक्त कार्यक्रम सार्क एग्रिकल्चर सेन्टरले आयोजना गरेको हो । बितेको १२ वर्षमा बंगलादेशले यो क्षेत्रमा नसोचेको प्रगति हासिल गरेको उनको भनाइ थियो ।
डेरी र पोल्ट्री क्षेत्रमा पाएको सफलतासँगै पशु आहार निर्यातलाई विविधीकरण गर्न बंगलादेश लागिपरेको उनले बताए । त्यस्तै उनले लाइभस्टक र यससम्बन्धी उत्पादन व्यापारलाई विस्तार गर्न सहयोगी नीति र कार्यविधिको आवश्यकता रहेको उनले बताए । सार्क क्षेत्रमा खाद्य सुरक्षा, अर्थतन्त्र र जीवनशैली तथा स्वास्थ्य र सामाजिक सुरक्षाका लागि सोहीअनुसारको अनुकूल नीति चाहिने उनको भनाइ छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया