सामसङको ग्यालेक्सी एफ २२ नेपाली बजारमा
काठमाडौं । स्मार्टफोन ब्राण्ड सामसङले हालै नेपाली बजारमा ग्यालेक्सी एफ२२ स्मार्टफोन सार्वजनिक गरेको छ । फुल अन फनले भरिपूर्ण स्मार्टफोनको यस सेगमेन्टमा विभिन्न सेवाहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
नयाँ फोनमा ९० हर्ज रिफ्रेसको साथ ६.४ इन्च सुपर एमोलिड इन्फिनिटी–यू स्क्रिन रहेको छ । यो स्मार्ट फोनले डिजिटल मिडिया सभ्भे जेन जेड तथा मिलेनियल्स प्रयोगकर्ताहरुले खोज्दै आएको स्मुथ स्क्रोलिङ्गको जीवन्त अनुभव प्रदान गर्दछ । यसबाट आफूलाई मनपरेको कन्टेन्ट अन द गोको अवस्थामा पनि कुनै रोकावटविनै सञ्चालन गर्न सकिन्छ । साथै यसमा छ सय निट्सको ब्राइटनेस मोड उपलब्ध छ । यसका अतिरिक्त यस फोनमा उपलब्ध भएको डब्ली एटमोसले उत्कृष्ट अडियोको साथ सिनेम्याटिक दृश्यावलोकनको मज्जा लिन सकिन्छ ।
यसैगरी यो फोनमा छ हजार मेगाहर्जको ब्याट्री तथा १५ वाटको यूएसबी–सी फास्ट चार्जर उपलब्ध छ । यसले २५ वाट चार्जिङ्ग सुविधालाई सपोर्ट गर्दछ । यसमा भएको शक्तिशाली ब्याट्रीले १३० घण्टा म्युजिक प्ले ब्याक, ४० घण्टा टक टाइम, २५ घण्टा भिडियो प्ले ब्याक तथा २४ घण्टा इन्टरनेट चलाउन सकिन्छ । साथै यसमा ओक्टा–कोर मिडियाटेक हेलियो जी८० प्रोसेसर रहेको छ, यसले गर्दा यस फोनले उच्चस्तरीय कार्यक्षमता प्रदर्शन गर्नसक्छ । ब्राउजिङ्ग गर्दा तथा मल्टिपल एपहरुको प्रयोग गर्दा स्मुथ, मल्टि टास्किङ्ग एवं कम ब्याट्री खपत गर्दछ ।
कम्पनीका अनुसार ग्यालेक्सी एफ२२ मा वेस्ट इन क्लास ४८ एमपी क्वाड क्यामेरा राखिएको छ, जसले आजका जेन जी तथा मिलेनियल्सहरुका आवश्यकताहरुलाई सहजै परिपूर्ति गर्न सक्छ । यसले अन द गो को अवस्थामा पनि आफ्नो अविस्मरणीय पलहरुलाई सहजै कैद गर्न सक्दछ । यसका साथै १२३ डिग्रीको ८ मेगा पिक्सल अल्ट्रा वाइडलेन्सले मानव आँखाले जस्तो देख्दछ, त्यस्तै फोटो कैद गर्ने स्वतन्त्रता प्रदान गर्दछ ।
त्यसैगरी २ मेगा पिक्सलको माइक्रो लेन्सले उत्कृष्ट क्लोज अप फोटो खिच्न सकिन्छ भने यसमा भएको २ मेगा पिक्सलको डेप्थ क्यामराले लाइभ फोकस गरी जीवन्त फोटो खिच्न सकिन्छ । त्यसैगरी १३ मेगा पिक्सलको फ्रन्ट क्यामराले ब्राइट तथा अझै राम्रो सेल्फी फोटो खिच्न सकिन्छ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- मधेश प्रदेशः १० महिनामा करिब १९ प्रतिशत खर्च
- कार्यदलको बैठक निष्कर्षविहीन, शुक्रबार बिहान पुनः बस्ने
- बजेटमा कृषि क्षेत्र उच्च प्राथमिकतामाः प्रधानमन्त्री
- ‘चिकित्सा जनशक्ति उत्पादनमा स्वास्थ्य विज्ञान संस्थानको योगदान सराहनीय’
- सञ्चारमन्त्री शर्माद्वारा ‘गणतन्त्र दिवस तस्बिर प्रदर्शनी’ उद्घाटन
- जिप दुर्घटनामा १२ जना घाइते
- विश्वभर बुद्धधर्मको महत्व छ: परराष्ट्रमन्त्री श्रेष्ठ
- निर्णायक राष्ट्रिय शक्तिको रूपमा एमालेलाई स्थापित गर्नुपर्छ: मुख्यमन्त्री अधिकारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया