मस्को । रूसी राजधानी मस्कको एक अदालतले प्रविधिसम्बन्धी बहुराष्ट्रिय कम्पनी गुगललाई दण्डित गरेको छ । अदालतले गुगलविरुद्ध ३० लाख रुबल अर्थात् झण्डै ४१ हजार अमेरिकी डलर जरिवाना तिर्नुपर्ने आदेश दिएको हो ।
गुगलले रूसी प्रयोगकर्ताको व्यक्तिगत विवरण दिन इन्कार गरेको भन्दै उक्त जरिवानाको आदेश भएको बताइएको छ । रूसले अनलाइन गतिविधिमा कडाइ गर्न यस्तो कदम चालेको एपीले जनाएको छ । रूसमा गुगललाई दण्डित गरिएको यो पहिलोपटक हो । फेसबुक र ट्विटरलाई यसअघि नै जरिवाना गरिएको थियो ।
रूसले सन् २०१२ तिरजस्तै अहिले पनि इन्टरनेट र सामाजिक सञ्जाल कम्पनीमाथि नियन्त्रण बढाउनलागेको छ । त्यतिबेला पनि सरकारी अधिकारीलाई निश्चित अनलाइन कन्टेन्ट ब्लक गर्ने र कम्पनीलाई कालोसूचीमा राख्ने कानुन थियो ।
रूसको सञ्चार वाचडग रोस्कोम्नाजरले धेरै वर्षदेखि फेसबुक, ट्विटर र गुगललाई आफ्ना नागरिकको व्यक्तिगत विवरण हस्तान्तरण गर्न असफल प्रयास गर्दै आएको छ । रूसमा डेटा स्टोरेज नभएका कम्पनीमाथि प्रतिबन्ध नै लगाइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया