दक्षिण कोरियाको आर्थिक वृद्धिदर दशककै न्यून
सियोल, माघ ९
दक्षिण कोरियाको अर्थतन्त्र गत वर्ष यस दशकको सबभन्दा सुस्त गतिमा विस्तार भएको छ । अमेरिका र चीनबीच लामो समयसम्मको तनाव र सेमिकन्डक्टरको बजारमा आएको मन्दीले अर्थतन्त्रमा असर पारेको केन्द्रीय बैंकले बुधबार जनाएको छ । विश्वकै १२औं ठूलो अर्थतन्त्र रहेको कोरियामा सन् २०१९ मा २.० प्रतिशतले आर्थिक वृद्धि भएको छ, जुन अघिल्लो वर्ष २.७ प्रतिशतभन्दा कम हो । सन् २००९ को विश्वव्यापी आर्थिक संकटपछि यो सबैभन्दा खराब अवस्था हो । खस्किँदो आर्थिक वृद्धि नै अहिले दक्षिण कोरियाका लागि प्रमुख चुनौती हो । कोरियाले दशकौंसम्म आर्थिक विकासमा चमत्कार नै गरेको थियो तर पछिल्लो समय उच्च शिक्षित युवाले राम्रो तलब प्राप्त गर्न संघर्ष गर्नुपरेको छ भने असमानताका कारण निराशा चुलिँदै गएको छ ।
राष्ट्रपति मून जाए–इनले सार्वजनिक खर्च बढाउने र ‘आय–उन्मुख वृद्धि’को विवादास्पद आर्थिक नीति अघि बढाएको भन्दै कोरियामा आलोचना हुनथालेको छ । यस नीतिका कारण तीन वर्षको अवधिमा न्यूनतम ज्यालामा ३० प्रतिशतभन्दा बढी वृद्धि भएको छ । विपक्षीहरूले सरकारी नीतिहरुले रोजगार लागत बढ्ने र अर्थतन्त्रमा सुस्तता आउने भन्दै आलोचना गरिरहेका छन् । कोरियाको केन्द्रीय ‘बैंक अफ कोरिया’ले जारी गरेको विज्ञप्तिमा सेमिकन्डक्टरको मूल्यमा आएको कमीजस्ता कारणले व्यापार–निर्भर अर्थतन्त्र सुस्त भएको जनाइएको छ ।
‘सरकारी खपतको वृद्धि भए पनि निर्माण क्षेत्रमा लगानी खुम्चिएको छ र निर्यातको वृद्धि संकुचित भएको छ’, विज्ञप्तिमा उल्लेख छ । चीन–अमेरिका व्यापारमा देखिएको तनावले सिर्जना गरेको दबाबकै अवस्थामा विदेशतर्फको सिपिङमा १.५ प्रतिशतले वृद्धि भएको छ जबकि अघिल्लो वर्ष यो ३.५ प्रतिशतले वृद्धि भएको थियो । सन् २०१५ यता यो सबैभन्दा झिनो वृद्धि हो । आयातमा ०.६ प्रतिशतले गिरावट आएको छ । आगामी अप्रिलमा हुने संसदीय चुनावअगाडि पहिलो त्रैमासिकमा मून–प्रशासनले सार्वजनिक खर्चमा ९.१ प्रतिशत वृद्धि गर्ने तथा पूर्वाधार बजेटको करिब ३० प्रतिशत खर्च गर्ने योजना अघि सारेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- गोर्खाज फाइनान्सका अध्यक्षको सपथ
- सन नेपाल लाइफको सेयर बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट
- समृद्धि फाइनान्सका ग्राहकलाई आर्सिया डेन्टलमा छुट
- सेल्सवेरीका नयाँ दुई शाखा
- औद्योगिक जोखिम नियन्त्रण र प्रतिकार्य अभिमुखीकरण कार्यक्रम
- भारतमा लोकसभा निर्वाचन अवलोकन गर्न २३ देशका प्रतिनिधि उपस्थित
- सन् २०२६ महिला कृषकको अन्तर्राष्ट्रिय वर्ष घोषणा
- सम्मरीमाई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया