पुँजीगत खर्च समयमै हुन नसक्दा बजारमा तरलता अभाव
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बजेटमा विनियोजन गरिएको पुँजीगत खर्च (विकास बजेट) समयमै खर्च हुन नसक्दा बजारमा तरलता अभाव हुने गरेको बताएका छन् ।
आर्थिक बर्ष २०७७/७८ मा भएको पुँजीगत खर्च पनि विगतसरह नै न्यून रहेकोले आर्थिक वर्ष २०७८/७९को बजेटमा विनियोजन गरिएको पुँजीगत खर्च समयबद्ध तालिकाअनुसार खर्च गरिनुपर्ने उनले बताए । साथै उनले प्रत्येक त्रैमासिकमा यसको प्रभावकारी अनुगमन गरिनुपर्ने चेम्बरको धारणा रहेको बताए ।
नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी तथा कार्यसमिति सदस्य र अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीबीच बिहीबार भएको छलफलमा उनले कृषि क्षेत्रलाई प्रोत्साहन दिन कृषिमा यान्त्रीकीकरण, वैज्ञानिकीकरण एवं व्यवसायीकरण हुनुपर्ने बताए ।
यस्तै कृषि उत्पादन ढुवानीको लागि भन्सार सहुलियतमा गाडीको सुविधा उपलब्ध हुनसकेमा ढुवानी लागतमा कमी भई आन्तरिक तथा बाह्य व्यवसाय वृद्धि हुनजाने बताए । साथै उनले बीमा व्यवसायलाई सरलीकृत गर्न साबिकमा प्रिमियमबापत चेकबाट भएको भुक्तानीलाई मान्यता दिँदै आएकोमा हाल चेकबाट नगद जम्मा भएपछि मात्र मान्यता दिने व्यवस्था गरेकोले यसबाट व्यवसायमा सहजीकरण नहुने भएकोले साबिक व्यवस्थाअनुसार नै चेक भुक्तानीलाई मान्यता दिनुपर्नेमा जोड दिए ।
यस्तै रुग्ण उद्योगलाई सहुलियत बैंक ब्याजदर, कृषि उपजको बजार सुरक्षण तथा महँगी नियन्त्रणका लागि दुई वर्षको लागि कृषि उत्पादनको बाइ व्याकअन्तर्गत बफर स्टक राख्ने, निर्यातलाई प्रोत्साहन दिन निर्यात अनुदान, विदेशमा रोजगारी गुमाएकालाई स्वदेशमै रोजगारी, लगानीको स्रोतको वैधतामा सरलीकरण, विदेशी लगानी, रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा प्रवाह, घर जग्गा खरिद बिक्रीमा ब्रोकर लाइसेन्सको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।
अर्थ मन्त्रालयका सचिव मरासिनीले चेम्बरले दिएका सुझावहरूलाई सकारात्मक रूपमा लिएको बताए । व्यवसायीहरूको आत्म विश्वास बढाउन सरकार कटिबद्ध रहेको उनको भनाइ थियो । सो अवसरमा चेम्बरका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, दीपक मल्होत्रा, दीपक श्रेष्ठ, उर्मिला श्रेष्ठ तथा चेम्बर कार्यसमिति सदस्य तथा राजस्व समितिका सभापति पर्शुराम दाहाल तथा वाणिज्य तथा व्यापार सहजीकरण समितिका सभापति निरज राई र कार्यसमिति सदस्य सुवास संघाइकोे पनि उपस्थिति रहेको थियो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- ललितपुर आगलागी : मृतकको संख्या तीन पुग्यो
- सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ
- वैदेशिक रोजगारीको नाममा ठगी गर्ने चार जना पक्राउ
- आज कांग्रेस संसदीय दलको बैठक बस्ने
- आजको मौसम: गण्डकी, कोशी र बागमतीमा वर्षा
- स्मार्ट राइड सेयरिङ प्लेटफार्म ‘जुमजुम’ सञ्चालनमा
- ड्रिम नेक्स्ट एजुकेसनल फाउन्डेसनले बहु–गन्तव्य मेला गर्ने
- जिटो नेपाल र जिटो टीएनएपीटीएस जोनबीच सम्झौता
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया