जिल्ला कारागार सोलुमा क्षमताभन्दा तेब्बर कैदीबन्दी, व्यवस्थापनमा समस्या
सोलुखुम्बु । जिल्ला कारागार सोलुुखुम्बुुमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । २५ जना क्षमता रहेको कारागारमा ८९ जना कैदीबन्दी राख्नुपर्दा समस्या भएको कार्यालय प्रमुख प्रसान्तकुमार महतोले जानकारी दिए । उनका अनुसार पाँच महिला र २० पुरुष गरी २५ जनाको क्षमता रहेको कारागारमा हाल एक नाबालक र पाँच महिलासहित ८९ जना कैदीबन्दी छन् ।
कैदीबन्दी खचाखच गरी बस्दा पनि नअटेपछि केही उनीहरूलाई भान्साकोठामा बस्न तथा सुत्नुपर्ने बाध्यता रहेको कारागार प्रशासनले जनाएको छ । क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण सुत्न र बस्न समस्या भएको कारागार प्रमुख महतोको भनाइ छ । कैदीको संख्या थपिँदै गएपछि पछिल्लो पटक विसं २०६८ मा एउटा अस्थायी कोठाको निर्माण गरिएको थियो ।
उक्त कारागारभित्र अब थप अस्थायी कोठा निर्माण गर्न खाली ठाउँ पनि नरहेकाले समस्या भएको प्रमुख महतोले बताए । यसबारेमा सम्बन्धित निकायलाई जानकारी गराइए पनि सुनुवाइ नहुँदा समस्या बढ्दै गएको कारागारले जनाएको छ । विसं २०६४ मा निर्माण गरिएको उक्त भवनमा कैदीबन्दी त्यस समयमा क्षमताअनुसारकै भए पनि दिन प्रतिदिन बन्दीको संख्या वृद्धि भएपछि समस्या भएको बताइएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया