लगानीकर्ताले सुरु गरे दोस्रो चरणको आन्दोलन
काठमाडौं । सेयर लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्नुपर्ने माग गर्दै आन्दोलन सुरु गरेका छन् । पछिल्लो केही सातादेखि लगातार सेयरबजार ओरालो लागेको र बजार ओरालो लाग्नुुको प्रमुख कारण नै नेपाल राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको चालू आर्थिक वर्षको मौद्रिक नीतिमा समावेश भएको कतिपय बुँदा रहेको भन्दै लगानीकर्ताहरुले गभर्नर अधिकारीको बर्खास्तीको माग गरेका हुुन् ।
नेपाल राष्ट्र बैंकले सेयर बजार केही व्यक्तिहरुको मात्र कमाउने थलो बनेको र यसको फाइदा केही सीमित व्यक्तिहरुले मात्र पाएको भन्दै सेयरबजारलाई सन्तुलित बनाउन मार्जिन लेन्डिङ अर्थात् सेयर धितो कर्जामा चारदेखि १२ करोड रुपैयाँसम्म क्याप लगाएको थियो । सोही कारण केही समयअघिसम्म ३२ सय अंकसम्म पुगेको सेयरबजार परिसूचक (नेप्से) अहिले घटेर २८ सय अंकको हाराहारीमा पुुगेको छ । ‘यसरी सेयरबजार घट्नुको प्रमुख कारण नै राष्ट्र बैंकको मार्जिन लेण्डिङसम्बन्धी कर्जा नीति हो’, एक लगानीकर्ताले भनेका छन् ।
राष्ट्र बैंकको बदनियतपूर्ण नीतिले लगानीकर्ताहरुको अर्बौँ रुपैयाँको सम्पत्ति डुबेको भन्दै लगानीकर्ताहरु आन्दोलनमा होमिएका ती लगानीकर्ताले भनेका छन् । आन्दोलनकै क्रममा आन्दोलनको अगुवाइ गरिरहेको पुँजीबजार सुधार संघर्ष समितिले बिहीबार नेपाल स्टक एक्सचेन्ज लिमिटेडको भद्र्रकालीस्थित कार्यालयको मूलगेटबाहिर आमरण अनशन सुरु गरेको छ । संघर्ष समितिका तर्फबाट आदित्य शिवाकोटी अनशनमा बसेका छन् । संघर्ष समितिले भदौ २३ गतेदेखि नै पुँजीबजार सुधारको माग गर्दै चरणबद्ध आन्दोलन गर्दै आएको छ ।
यसअघि समितिले अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर समेतलाई भेट गरी पुँजीबजार सुधारको लागि गभर्नर अधिकारीको राजीनामासहितको १८ बुुँदे सुझा दिएको थियो भने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता देवकुमार ढकालसहितको टोलीसँगै पटक–पटक पुँजीबजार सुधारको लागि वार्ता गरेको थियो । वार्ता अहिलेसम्म सकारात्मक नभएको र पुँजीबजार दिनदिनै ओरालो लाग्दै गएपछि बिहीबारदेखि पुनः दोस्रो चरणको आन्दोलन सुरु गरेको जानकारी संघर्ष समितिले दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया