बंगलादेश–अस्ट्रेलियाले गरे लगानी तथा व्यापार सम्झौता
ढाका । बंगलादेश र अस्ट्रेलियाबीच लगानी तथा व्यापार सम्झौतामा हस्ताक्षर भएको छ । दुई देशबीच ट्रेड एन्ड इन्भेस्टमेन्ट फ्रेमवर्क एरेन्जमेन्ट (टिफा)मा हस्ताक्षर भएको हो । यसले दुई देशबीचको व्यापार र लगानीका अवरोध हटाउने अपेक्षा गरिएको छ ।
बंगलादेशले सन् २०१३ मा अमेरिकासँग ट्रेड एन्ड इन्भेस्टमेन्ट कोअपरेसन फोरम एग्रिमेन्टमा गरेको सम्झौतापछि भएको यो सम्झौता दोस्रो द्विदेशीय व्यापार सम्झौता हो । बंगलादेशी वाणिज्यमन्त्री तिपु मुन्सी र अस्ट्रेलियाका व्यापार, पर्यटन तथा लगानीमन्त्री डान तेहानले भर्चुअल कार्यक्रमका बीच सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
‘हामीलाई विदेशी लगानी चाहिन्छ । अस्ट्रेलिया निर्यात गन्तव्यको रुपमा र लगानीका लागि अस्ट्रेलिया सम्भावनायुक्त देश हो’, मुन्सीले सम्झौतापछि भनिन्, ‘अस्ट्रेलियासँगको व्यापार पनि बढिरहेको छ । हामी जुनसुकै क्षेत्रमा आउने अस्ट्रेलियाली लगानी स्वीकृत गर्न तयार छौँ ।’
अस्ट्रेलियाबाट ठूलो समूहले अर्को वर्ष बंगलादेशमा आउने तय भएको छ । सम्झौतापछि अब दुई देशले टिफाको कार्यविधिलाई अन्तिम रुप दिन बैठक बस्नेछन् । टिफा विशुद्ध लगानीसम्बन्धी रहेको छ । बंगलादेशले अस्ट्रेलिया निर्यात हुने वस्तुमा विशेष सहुलियत सौविध्य प्राप्त गरिरहेको छ । टिफाले बंगलादेशलाई आर्थिक अन्तक्र्रिया र व्यापार तथा लगानीको नयाँ अवसरको ढोका खोल्ने बताइएको छ । सम्झौतासँगै अब संयुक्त कार्यदल बनाइनेछ । त्यसमा दुवै देशका सम्बद्ध क्षेत्र उपक्षेत्रका मानिसहरु रहनेछन् । कार्यदलले संयन्त्र बनाई व्यापार र लगानी सम्भाव्यताको खोजी गर्नेछ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया