सामसङको ‘छुटको तरंग दशैँ तिहारमा उमंग’ योजना
काठमाडौँ । सामसङ नेपालले २०७८ दशैँ तिहारको शुभ अवसरमा ‘छुटको तरंग, दशैँ तिहारमा उमंग’ नामक योजना ल्याएको छ । यस योजनामार्फत सामसङका टिभी तथा डिजिटल एप्लाएन्सेस खरिदमा आकर्षक छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
ग्राहकहरुले यो योजना अवधिभर सामसङका टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिनहरुको खरिदमा अधिकतम ३५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । त्यसैगरी निश्चित उपकरणहरुको निःशुल्क जडानको व्यवस्था पनि गरिएको छ । दशैँको उत्सवको क्रममा आफ्नो घरपरिवारको लागि केही नयाँ कुरा जोड्ने इच्छालाई सामसङको यो समसामयिक ग्राहकमुखी योजनाले सजिलै पूरा गर्न सहयोगी हुने विश्वास लिइएको छ । सामसङ प्लाजाको आधिकारिक वेबसाइटबाट पनि सामसङका उत्पादनहरु अनलाइन खरिद गर्ने वैकल्पिक सुविधा पनि ग्राहकहरुलाई प्रदान गरिएको छ । सामसङ प्लाजा तथा निश्चित आउटलेटहरुबाट सहज किस्ताबन्दीे सुविधा पनि रहेको छ ।
कम्पनीद्वारा टिभीहरुमा दुई वर्ष (एक वर्ष फुल प्रोडक्ट वारेन्टी र थप एक वर्ष प्यानलमा) को वारेन्टी प्रदान गरेको छ । रेफ्रिजेरेटर तथा एसीको डीआईटी कम्प्रेसरमा १० वर्षको वारेन्टी उपलब्ध गराइएको छ भने वासिङ्ग मेसिनको डीआईटी मोटरमामा १० वर्षको वारेन्टी रहेको छ । विगत १५ वर्षदेखि सामसङ टिभी ग्लोबल नम्बर १ टिभी हुन सफल भएको छ भने रेफ्रिजरेटरहरु र वासिङ मेसिनहरुको पनि नेपाली बजारमा राम्रो स्थान ओगट्न सफल भएको छ । ‘छुटको तरंग, दशैँ तिहारमा उमंग’ असोज १ गतेदेखि सुरु भई कात्र्तिक २९ गतेसम्म वा स्टक रहुन्जेलसम्मको लागि लागू हुनेछ । ‘छुटको तरंग दशैाँ तिहारमा उमंग’ सामसङका आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापार मातहतका नेपाल अधिराज्यभर रहेका आधिकारिक बिक्रेतामार्फत लागू गरिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया