प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले १५ प्रतिशत लाभांश दिने
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी दुई अर्ब ४१ करोड ७० लाख ५७ हजार २३ रुपैयाँमध्येबाट १५ प्रतिशतका दरले हुुन आउने ३६ करोड २५ लाख ५८ हजार पाँच सय ५४ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।
यसैगरी कम्पनीले कर प्रयोजनको लागि एक करोड ९० लाख ८२ हजार २९ रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । बोनस तथा नगद समेत गरी कम्पनीले कुल ३८ करोड १६ लाख ४० हजार पाँच सय ८३ रुपैयाँबराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको यही असोज आठ गते बसेको एक सय ४८औँ बैठकले गरेको निर्णय नियमनकारी निकाय बीमा समितिको स्वीकृति एवं कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वनमा आउनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया