काठमाडौं । ६६औं प्रहरी दिवस २०७८ को अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा सोमबार आयोजित मिर्गौला रोगको आधारभूत जाँच कार्यक्रममा कुल आठ सय २६ जनाको मिर्गौला जाँच गरिएको छ ।
नेपाल प्रहरी अस्पताल महाराजगञ्जका प्रहरी उपरीक्षक डा. दिवा शर्मा रानाको नेतृत्वमा १३ जना चिकित्सकसहितको टोलीले उक्त प्रतिष्ठान एवं नेपाल प्रहरी संगीत विद्यालय सामाखुसीमा कार्यरत प्रहरी कर्मचारी तथा प्रशिक्षार्थीहरू समेत छ सय ४४ जना पुरुष र एक सय ८२ जना महिला गरी जम्मा आठ सय २६ जनाको आधारभूत मिर्गौला जाँच गरेको हो ।
नेपाल प्रहरी अस्पताल महाराजगञ्जद्वारा आयोजित उक्त कार्यक्रममा सोही अस्पतालकी प्रहरी उपरीक्षक डा. दिवा शर्माले मिर्गौला रोग तथा यसको उपचार साथै रोगसम्बन्धी अपनाउनुपर्ने सावधानीहरुसम्बन्धी चेतनामूलक डकुमेन्ट्री प्रस्तुतीकरण गरेका थिए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया