कुमारी क्यापिटलको उत्सवलाई महाउत्सव बनाउने योजना सार्वजनिक
काठमाडौं । कुमारी क्यापिटलले उत्सवलाई महाउत्सव बनाउने योजना सार्वजनिक गरेको छ । कम्पनीले पुँजी बजारभन्दा बाहिर रहेका नयाँ लगानीकर्ताहरूलाई हितग्राहीखाताको पहुँच वृद्धि हुने विश्वासका साथ योजना सार्वजनिक गरेको जानकारी दिएको छ । साथै डिम्याट खातासम्बन्धी समस्याहरूबाट गुज्र्रिएका खातावालाहरूलाई समेत यो योजनाले लाभान्वित हुने अपेक्षा क्यापिटलले गरेको छ ।
क्यापिटलले उत्सवलाई महाउत्सव बनाउनका लागि ग्राहकवर्गहरूमा विभिन्न योजनाहरू लागू समेत गरेको छ । यसअन्तर्गत नेपाल सरकारको ‘एक नेपाली एक डिम्याट खाता’ अभियानअन्तर्गत निःशुल्क हितग्राही खाता खोल्न सकिनेछ । खाता खोल्नका लागि अनलाइनमार्फत क्यापिटलको वेबसाइटमा गई निवेदन दिन सकिनेछ तथा कुमारी बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरू र कुमारी क्यापिटल लिमिटेडबाट खाता खोल्न सकिनेछ । निःशुल्क लगानी परामर्श दिने, खाता खोल्ने ग्राहकवर्गलाई पोर्टफोलियो म्यानेजमेन्ट सेवामा वार्षिक शुल्कमा २५ प्रतिशत छुट प्रदान गरिने, आफूसँग भएको भौतिक सेयरहरूलाई तुरुन्त डिम्याट खातामा ल्याउने व्यवस्था गरिने र खातासम्बन्धी समस्याहरू परेमा ग्राहकहरूले हाम्रो हट लाइन (०१ ५९७००८२) मा फोन गरी समस्याको यथाशीघ्र निराकरण गरिने कम्पनीले जनाएको छ ।
कुमारी क्यापिटलमा डिम्याट खाता खोली आफूसँग भएको सानो सानो पुँजीलाई लगानी गरी पुँजी निर्माण गर्ने बानी बसाली भोलिको गर्जो टार्न सक्ने पथमा अग्रसर हुनको लागि क्यापिटलले सबैमा अपिल समेत गरेको छ । आजको सानो लगानी भोलिको सुनौलो बिहानी बन्ने भन्दै क्यापिटलले ल्याएका योजनाको समयमा नै फाइदा उठाउन समेत क्यापिटलले अनुरोध गरेको छ । क्यापिटलका अनुसार यो योजना सीमित अवधिको लागि मात्र मान्य हुनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया