चेम्बरका अध्यक्ष मल्ल र वंगलादेशी राजदूत सल्लाहुद्धिन नोमन चौधरी बीच भेटवार्ता
काठमाडौं । नेपाल चेम्बर अफकमर्सकाअध्यक्षराजेन्द्र मल्ल र वंगलादेशका महामहिम राजदूत सलाहुद्धिन नोमन चौैधरी बीच चेम्बर भवन जमलमा मंगलबार भेटबार्ता भएको छ ।
वंगलादेशका राजदूत चौधरीलाइ चेम्वर भवनमा स्वागत गर्नुहुदै चेम्वर अध्यक्ष मल्लले नेपाल र बंगलादेश भौगोगिक रुपले धेरै नजिकभएता पनि दुइमुलुक बीच अपेक्षित रुपमा व्यापार सम्वन्धमा वढ्न नसकेको बताए । सार्क, बिम्सटेक, बिबिआइएन जस्ता बहुपक्षीय फोरमहरूमा नेपाल तथा बंगलादेश एकअर्कालाई सहयोग गर्दै आइरहेको उनले बताए ।
नेपाल र बंगलादेश वीच आर्थिक सम्वन्ध वृद्धि गर्न प्रसस्त संभावना रहेको बताउदै अध्यक्ष मल्लो विभिन्न व्यापार मेलामा द्विपक्षीयको सहभागिता, व्यापार प्रतिनिधि मण्डलको भ्रमण र हवाई सम्पर्क तथा बंंगलादेशमा नेपाली मालवस्तुको आयातमा सुबिधायुक्त प्रवेश भएमा दुई मुलुकबीचको आर्थिक सम्बन्धलाई सुदृढ बनाउन सकिने बताए ।
नेपाल र वंगलादेश वीच ,सडक तथा रेल्वेको माध्यमबाट पनि सोझै आयात तथा निर्यात गर्न सकिने भएकोले यस तर्फ दुवै मुलुकले संयुक्त रुपले पहल गरिनु पर्ने बताउनु भयो । सो अवसरमा अध्यक्ष मल्ल बंगलादेशको अर्थतन्त्रले दु्रततर गतिले अघि वढि रहेको सन्दर्भमा नेपालले जलबिद्युत निर्यात गर्न सक्ने संभावना रहेकोले वंगलादेशबाट उर्जा क्षेत्रमा लगानी हुन सकेमा दुवै पक्षलाई फलदायी हुने उनको भनाई छ ।
सो अवसरमा राजदूत चौधरीले नेपालभौगोलिक रुपले वंगलादेशको तेश्रो निकटतम मुलुक भएको दर्शाउदै यो निकटता आर्थिक सम्वन्धमा प्रतिबिम्वित हुन नसकेको बताए । वंगलादेशले नेपालबाट आयातगर्न सकिने वस्तु महंगोमा तेश्रो मुलुकबाट आयात गरेको बताउदै उनले भने नेपाली मालवस्तुको आयातमा सुबिधायुक्त प्रवेशको लागि सम्वन्धित निकायमा छलफल गछौं ।
बंंगलादेशले तयारी पोशाकतथाऔषधीको उत्पादनमा बिशिष्टता हाशिलगरि सकेको हुंदा सो क्षेत्रमा बिदेशी लगानीआउन सक्ने संभावना बताउदै राजदुत चौधरीले सोको लागि सुबिधायुक्त बिशेष आर्थिक क्षेत्र उपलब्ध हुनुपर्ने र उर्जा क्षेत्रमापनि बंंगलादेशले लगानीगर्ने सम्भावना रहेको बताए ।
नेपाल बंगलादेश वीच २० वटा निकासी योग्य वस्तुहरुमा पारस्परिक रुपमा सुबिधायुक्त प्रवेशको लागि पहल भइरहेको बताउदै उनले भने प्रस्तुत व्यवस्था दुवै पक्षबाट सहमतिभएमा दुई मुलुकवीचको आर्थिक सम्वन्ध बिस्तार हुनेछ ।
उक्त अवसरमा बंगलादेश दुतावासका उपनियोग प्रमूख इस्रापजहां र चेम्वरका उपाध्यक्ष द्धय दीपकश्रेष्ठ तथा सुरेन्द्र कुमार श्रेष्ठ एवम कार्य समिति सदस्यहरु सन्तोष कुमार पाण्डे, पर्शुराम दाहाल तथा निरज राइको पनि सहभागीता रहेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया