बेलायत र खाडी राष्ट्रबीच व्यापार सम्झौताको गृहकार्य
लन्डन । बेलायत र गल्फ कोअपरेसन काउन्सिल अन्तर्गतका देशहरूबीचमा व्यापार सम्झौता गर्नका लागि छलफल सुरु भएको छ । अहिलेको छलफल प्रारम्भिक मात्रै भएको बहराइनका अधिकारीहरूले जानकारी दिएका छन् ।
‘छलफल निकै राम्रो, सकारात्मक र उत्साहजनक भएको छ’, बहराइनका उद्योग, व्यापार तथा पर्यटन मन्त्री जायद बिन रशिद अल जायनीले भने । बेलायत र साउदी अरब, संयुक्त अरव इमिरेट्स, कतार, बहराइन, कुवेत र ओमनका बीचमा सम्झौता गर्नेगरी छलफल भएको हो ।
बहराइनका मन्त्री जायनीले भने, ‘हामीले संयुक्तरूपमा काम गर्नेगरी नयाँ अध्यायको सुरुवात गर्न लागेका छौँ, व्यापारीक साझेदारी, लगानी र सहकार्यको वातावरण बन्ने विश्वास छ ।’ यस्तो व्यापार सम्झौता बेलायत र गल्फ कोअपरेसन काउन्सिलका सदस्य राष्ट्रहरु सबैका लागि राम्रो अवसर भएको पनि उनले बताए । युरोपेली संघबाट बेलायत बाहिरिएपछिको परिस्थितिलाई मध्यनजर गर्दै खाडी मुलुकहरु र बेलायतका बीचमा व्यापार सम्झौता गर्ने तयारी भएको हो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- राजधानीमा पाँचौँ राष्ट्रिय मह मेला
- मोरङ व्यापार संघको अध्यक्षमा अनुपम राठी निर्विरोध
- पठाओले थप्यो कार प्लस सुविधा
- भिभो वाई ०३ नेपाली बजारमा
- टोफिको तड्का इमली बजारमा
- कोका–कोला युथ डायलगको तेस्रो संस्करण
- निकुञ्ज क्षेत्रबाट तीन ट्र्याक्टर फोहर संकलन
- प्रभु बैंकका ग्राहकलाई गणेशमान सिंह मेमोरियल हस्पिटलमा छुट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया