कामना सेवा विकास बैंकको नाफा १४ करोड ८५ लाख
काठमाडौं, माघ १५
कामना सेवा विकास बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १४ करोड ८५ लाख १९ हजार ५४ रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकले १३ करोड ८१ लाख ६३ हजार पाँच सय २४ रूपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । चुक्तापुँजी दुुई अर्ब ५४ करोड एक लाख ९५ हजार रूपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमसिक अवधिमा २७ अर्ब ४३ करोड ७२ लाख ४० हजार एक सय ९५ रूपैयाँ निक्षेप संंकलन गरी २३ अर्ब ४८ करोड १२ लाख ८७ हजार एक सय २६ रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ५७ करोड ४१ लाख २९ हजार आठ सय ९१ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ३७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले २१ अर्ब ३७ करोड ६१ लाख ३२ हजार रूपैयाँ निक्षेप संकलन गरी १८ अर्ब ९० करोड ६६ लाख एक हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३७ करोड ९८ लाख ६४ हजार पाँच सय ३७ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दसमालव ६७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । बैकको २०७६ असार मसान्तसम्ममा ९४ शाखा तथा ४३ वटा एटीएम रहेकोमा चालू आर्थिक वर्षको पहिलो छ महिनामा २० शाखा तथा १५ वटा एटीएम थप गरी एक सय १४ शाखा र ५८ एटीएम पु-याउन सफल भएको छ । शाखा सञ्जाल विस्तारसँगै प्रविधिको स्तरोन्नती, डिजिटाइजेसन, अटोमेशनजस्ता रणनीतिक क्षेत्रमा पर्याप्त लगानी गरेको छ । बैंकको प्रतिसेयर आम्दानी (वार्षिक) ११ दशमलव ६९ रहेकोमा मूल्य आम्दानी अनुपात १२ दशमलव ३१ रहेको छ ।
बैंकले देशका विभिन्न भागहरूमा यी शाखासहित एक सय १७ वटा शाखा कार्यालयहरू तथा ६० वटा एटीएममार्फत आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्ने भएको छ । साथै बैंकले एबीबीएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङलगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरू उपलब्ध गराउँदै आएको तथा समयसापेक्ष रूपमा आफ्ना सेवाहरू थप गर्दै जाने बैंकको योजना रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया