सिस्नेरी र पहलमान भीरको पहिरो रोक्न भूगर्भविद्को टोलीद्वारा अध्ययन
सोलुखुम्बु । सोलुखुम्बुको जिल्लाको सिस्नेरी र पहलमान भीरको पहिरो रोकथामका लागि भूगर्भविद्को टोलीले स्थलगत अध्ययन गरेको छ । यसअघि प्रारम्भिक अध्ययन गरिएको सोलुदुधकुण्ड नगरपालिका ११ तिङलास्थित सिस्नेरी र पहलमान भीरको सोमबार सडक डिभिजन कार्यालयमार्फत खटिएको भूगर्भविद् डाक्टर प्रकाश दास उलकको टोलीले दीर्घकालीन पहिरो नियन्त्रणका विषयमा स्थलगत अध्ययन गरेको हो ।
टोलीले स्लोब स्टेबलाइजेसन, डिटेल इन्जिनियरिङ सर्वे, जियोलोजिकल, इन्भेस्टिकेसन तथा डिजाइनको काम गरेको डा. प्रकाश उलकले जानकारी दिए । पहिरो रोकथामका लागि सो क्षेत्रमा भएको पानीलाई पाइपमार्फत कटान गर्नुपर्ने तथा सडक नजिकै वाल लगाइएसँगै पहिरोको जोखिम कम हुने उनले बताए । यस्तै, सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले अध्ययन टोलीले रिपोर्ट बुझाएलगत्तै पहिरो रोकथामको काम अगाडि बढ्ने बताए ।
जिल्ला सदरमुकाम सल्लेरीलाई जोड्ने एकमात्र सडकअन्तर्गत पर्ने साल्मे–सिस्नेरीमा पहिरो खस्दा बारम्बार सडक अवरुद्ध हुनेगरेको छ । पहलमान भीर र सिस्नेरी पहिरोका कारण बर्खामा सडक अवरुद्ध हुँदा वर्षेनी सयौँ यात्रुले सास्ती खेप्दै आएका छन् । सडक निर्माण गरेको करिब १० वर्ष पूरा भएको छ । सुरूवातीदेखि नै उक्त क्षेत्रमा पहिरो खस्ने गरे पनि दिगो व्यवस्थापनमा ध्यान नपुगेको भन्दै स्थानीयले गुनासो गर्दै आएका छन् ।
विगतका वर्षहरूमा माथिबाट ठूलो पहिरो खस्दा सोही ठाउँमा पटक–पटक सवारीसाधन दुर्घटनामा पर्नुका साथै यात्रुहरू समेत घाइते भएका थिए । उक्त क्षेत्रको पहिरो नियन्त्रणमा आएमा सवारी चलाउन तथा आवतजावतमा सहज हुने भन्दै नागरिकहरूले खुशी व्यक्त गरे ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाउने विरुद्ध मुद्दा दायर
- सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया