चांगन अटोले नेपालमा दियो भविष्यमा भित्रिने आफ्नो गाडीहरुको एक झलक
काठमाडौं । धेरै प्रतीक्षापछि, चीनको नम्बर १ प्यासेन्जर ब्रान्ड, चांगन अटो, अन्ततः नेपाली बजारमा आफ्नो विभिन्न प्रिमियम गाडीहरु प्रस्तुत गर्दै छ । सबै अटोमोबाइल उत्साहीहरुका लागि प्रतीक्षा लगभग समाप्त हुन गइरहेको छ । कम्पनीले दुई वर्षभित्र पाँचवटा उत्कृष्ट गाडीहरु सार्वजनिक गर्ने जनाएको छ ।
चांगन अटोले आफ्नो प्रिमियम सेडान, ‘एल्सभिन’को आगमनसँगै आफ्नो यात्रा नेपालमा सुरु गर्नेछ । यस गाडीमा प्रयोगकर्ताहरुले लक्जरी, आराम, र कार्यक्षमताको मिश्रणको अनुभव गर्ने कम्पनीको दाबी छ । १.४ लि. ब्लू कोर इन्जिनद्वारा सञ्चालित, एल्स्भिन ७–इन्च फ्लोटिङ इन्फोटेनमेन्ट टच स्क्रीन प्रणालीसँग आउँछ ।
एल्सभिनपछि, एक प्रिमियम लाइफस्टाइल पिक अप हन्टर, नेपाली सडकमा अनुग्रह हुन गइरहेको छ । हन्टरमा उच्च शक्ति र प्रदर्शनको साथसाथै बाहिरी र भित्री आकर्षक डिजाइनहरू पाउन सकिन्छ । हन्टरमा २३० एमएमको ल्यादेन ग्राउन्ड क्लियरेन्स हुनेछ, जसले गर्दा यसलाई पूर्ण अफ–रोडर बनाउँछ । एल्स्भिन र हन्टर २०२१ मा नेपाली सडकमा आउनेछन् । २०२२ वर्षको सुरुवात लक्जरी एसयूभी, ‘ओसान एक्स ७’ को लन्चसँग हुनेछ । ओसान एक्स ७ सुविधाहरू र विलासिताको मिश्रण हुनेछ । यसपछि मध्यम आकारको स्टाइलिस एसयूभी, ‘सीएस ३५ प्लस’ लन्च गरिनेछ । सीएस ३५ प्लसले गुणस्तर डिजाइनसँगै आरामदायी ड्राइभिङ अनुभव पनि प्रदान गर्दछ ।
२०२२ एक उच्च एसयूभी ‘युनि–टी’को आगमनसँग समाप्त हुनेछ । यस गाडीमा प्रयोगकर्ताहरूलाई भविष्यको डिजाइनका साथ, अद्भुत अनुभूति दिनका लागि आवश्यक पर्ने कुराहरू छन् । युनि–टी उत्कृष्ट ड्राइभिङ सहायता प्रदान गर्ने लेभल ३ स्वायत्त ड्राइभिङ सुविधासँग आउनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया