नुवाकोटको लिखुमा एमालेको महिला अध्यक्ष निर्वाचित
विदुर । नुवाकोटको लिखुमा मंगलबार भएको एमाले लिखु गाउँपालिकाको अधिवेशनानमा नेकपा एमालेकी दुर्गादेवी पुडासैनी अध्यक्षमा निर्विरोध निर्वाचित भएकी छिन् ।
अध्यक्षमा चार जना प्रत्यासी रहेकोमा पुडासैनीको नाममा सहमति भएको एमालेले जनाएको छ । पुडासैनी नेकपा भएको बेला केपी ओली पक्षमा सक्रिय रहेकी बताइएको छ । गत स्थानीय निर्वाचनमा एमालेको तर्फबाट उपध्यक्षमा उम्मेदवार बन्न सिफारिस भएकी पुडासैनीको नाम भेगीय सन्तुलत मिलाउँदा अन्तिममा काटिएको थियो । अहिले भने उक्त गाउँपालिकामा एमालेलाई स्थानीय तहमा निर्वाचित गराउने नेतृत्व उनको काँधमा आइपुगेको छ ।
पुडासैनी विद्यार्थीकालदेखि नै एमालेको राजनीतिमा सक्रिय थिइन । लिखु गाउँपालिका नेकपा एमालेका नेता एवं चीनका लागि निवर्तमान राजदूत महेन्द्र बहादुर पाण्डेको गाउँ हो । तर, गत स्थानीय निर्वाचनमा उक्त गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस विजय भएको थियो । उपाध्यक्षलगायतका अधिकांश पदमा भने एमाले नै विजयी भएको थियो ।
नुवाकोटमा दुई नगरपालिका र दश वटा गाउँपालिका छन् । तर, चारवटा गाउँपालिकामा मात्र एमालेको अधिवेशन भएको छ । अन्यमा तिहार अघि नै अधिवेशन सक्ने एमालेले जनाएको छ । नुवाकोटमा महिला पालिका अध्यक्ष हुने पुडासैनी पहिलो हुन् । देशभर एमालेले पालिका अधिवेशन गरे पनि महिलाको नेतृत्व न्यून रहेको छ ।
मंगलबार नै भएको अधिवेशनबाट सूर्यगढी गाउँपालिकाको अध्यक्षमा राजेन्द्र रिजाल निर्विरोध निर्वाचित भएका छन् । यस्तै, ककनी गाउँपालिकाको अध्यक्षमा शेषमान तामाङ (लामा) र तादी गाउँपालिकाको अध्यक्षमा सोभितराज पाठक निर्वाचित भएको एमालेले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- आइजिपी कुँवर र इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुखबीच शिष्टाचार भेटघाट
- अनुदानमा उन्नत जातका भैँसी वितरण
- राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी
- सुन्तला बेचेर रु २१ करोड भित्रियो
- काठमाडौँ बन्यो विश्वकै पहिलो प्रदूषित सहर
- बुवाँखोलाको पानी लिफ्टिङ गरेर जन्तेढुङ्गामा निकालिने
- सोलुखुम्बुमा डढेलोले दश घर जल्नुका साथै दर्जनौँ पशुचौपाया हताहत
- पाेखराको बिजुली पसलमा आगलागी, सवा करोडको क्षति
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया