काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सवारीसाधनहरुको आयातमा शतप्रतिशत वृद्धि भएको जनाएको छ । नाडाका अनुसार आर्थिक वर्ष २०७६/०७७ को तुलनामा आव २०७७/०७८ मा सवारीसाधनहरुको आयातमा शतप्रतिशत वृद्धि भएको हो ।
नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार अर्थमन्त्री जनार्दन शर्मासँग भेटी सरकारले ल्याएको प्रतिस्थापन बजेटबाट अटोमोबाइल व्यवसायमा सकारात्मक प्रभाव पारेको कारण सवारीसाधनहरुको आयातमा वृद्धि हुँदै गएको जानकारी गराएको हो ।
चालू आर्थिक वर्षमा अझ वृद्धि हुने नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले बताए सरकारले ल्याएका नीतिहरुको निरन्तरताका लागि समेत उनले आग्रह गरे । सो भेटमा अध्यक्ष दुलालले आगामी मसिंर २२ गते काठमाडौंमा सम्पन्न हुने नाडाको ४५औँ वार्षिक साधारणसभाको प्रमुख अतिथिका लागि अर्थमन्त्रीलाई अनुरोध समेत गरेका थिए । उक्त भेटमा नाडाका उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्रकुमार उप्रेतीलगायत मोटरसाइकल समितिका सभापति अभिक ज्योति, कन्सट्रक्सन इक्विपमेन्ट, वर्कशप टुल्स एण्ड ट्रयाक्टर समितिका सभापति मिलनबाबु मल्ल तथा एसोसिएसन सचिव सुरेन्द्र प्रधानलगायतको उपस्थिति थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालद्धारा तीन स्रष्टालाई एकसाथ पुरस्कृत
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया