हङकङ । हङकङको हवाइ सेवा प्रदायक कम्पनी क्याथे प्यासिफिकले आफ्ना विमान चालकदलका सदस्य (क्रु मेम्बर)लाई कडाइ गर्ने भएको छ । कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि विमान क्रु मेम्बरलाई यस्तो कडाइ गर्न लागिएको बीबीसीले जनाएको छ ।
विदेशबाट हङकङ आउनलागेका हङकङवासीलाई आफ्नै घरमा बस्न र अनावश्यक सामाजिक सम्पर्कमा कम्तीमा २१ दिन नजान पनि भनिएको छ । पछिल्लो नियम बुधबारदेखि लागू हुनेछ । गत महिना हङकङले कोभिड नियमहरु कडाइ गरेको थियो । कूटनीतिज्ञ र केही व्यावसायिक व्यक्तिलाई छोडेर हङकङ आउने सबैजसोले १४ देखि २१ दिनसम्म होटल क्वारेन्टाइन बस्नुपर्ने भएको छ ।
यता क्याथेको नयाँ नियममा हङकङ आउने एयर क्रुलाई पहिलो तीन दिन अनिवार्य घरमै बस्नुपर्ने भनिएको छ । त्यसमा खाना किन्न र दैनिक अत्यावश्यकका लागि, घरबाहिर शारीरिक व्यायामका लागि, औषधिजन्य सामग्री खरिद, आएपछिका परीक्षणलगायतका सबै काम पूरा गर्ने लगायतका लागि अधिकतम दुई घण्टा समय मात्रै पाइनेछ । त्यसपछि उनीहरुले पनि अरु १८ दिन सामाजिक सम्पर्कमा जान नपाइने बताइएको छ । यसबाहेक एयरलाइन्सको नियमहरुको पनि परिपालना गर्नुपर्नेछ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया