भारतमा एक दिनमा १० हजार ४८८ नयाँ संक्रमित
भारत । भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप १० हजार ४८८ जना संक्रमित भएका छन् । भारतमा अहिले कोरोना भाइरसबाट संक्रमित अवस्थामै रहेकाको संख्या एक लाख २२ हजार ७ सय १४ रहेको छ । यो संख्या कुुल संक्रमित भएका मध्येको शून्य दशमलव ३६ प्रतिशत मात्रै भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जनाएको छ सक्रिय संक्रमितको यो संख्या सन् २०२० को मार्च पछिको सबैभन्दा कम भएको पनि मन्त्रालयका अधिकारीले जनाएका छन् ।
मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार कोरोना शुरु भएदेखि हालसमम तीन करोड ४५ लाख १० हजार चार सय १३ जना कोरोना संक्रमित भएका छन् । हिजो शनिबार कोरोना संक्रमणका कारण तीन सय १३ जनाको मृत्यु भएको यसैसँगै भारतमा कोरोनाको कारण मृत्यु भएका व्यक्तिको संख्या चार लाख ६५ हजार छ सय ६२ जना पुगेको पनि समाचारमा जनाइएको छ ।
पछिल्लो २४ घण्टामा भारतमा १२ हजार तीन सय २९ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । यसरी एकै समयमा नयाँ संक्रमितभन्दा संक्रमणमुक्त भएकाको संख्या धेरै भएकाले संक्रमित अवस्थामै रहेकाको संख्या कम हुँदै गएको हो । भारतमा अहिलेसम्म संक्रमणमुक्त भएकाको संख्या तीन करोड ३९ लाख २२ हजार ३७ रहेको मन्त्रालयले जनाएको छ ।
गत जनवरी १६ बाट भारतमा कोरोनाविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयदेखि अहिलेसम्म भारतमा एक अर्ब १६ करोड ५० लाख ५५ हजार २१० डोज खोप लगाइएको छ । भारतमा हालसम्म ६३ करोड १६ लाख ४९ लाख तीन सय ७८ जनाको परीक्षण भएको पनि मन्त्रालयले जानकारी दिएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
- नेपालका प्राय: सबै क्षेत्र विदेशी लगानीका लागि खुला छन्: सभापति देउवा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया