शिवम् सिमेन्टद्वारा आँबुखैरेनी, मुग्लिङ, गोरखा, डुम्रे र दमौलीका २६० निर्माणकर्मीहरूको बीमा
काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले आँबुखैरेनी, मुग्लिङ, डुम्रे, दमौली र गोरखाका दुई सय ६० जना निर्माणकर्मीहरुको दुर्घटना बीमा गरिदिएको छ । कम्पनीले निर्माणकर्मीहरुसँग परामर्श तथा अन्तर्क्रिया कार्यक्रम गरी हरेक सहभागी निर्माणकर्मीहरुको लागि पाँच लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गरी बीमा पोलिसी समेत हस्तान्तरण गर्दै आएको छ ।
दैनिक निर्माणकार्यमा खटिने निर्माणकर्मीहरुको जोखिमलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरुको लागि निःशुल्क दुर्घटना बीमा योजना ल्याएको हो । देशका विभिन्न स्थानमा सम्पन्न प्राविधिक अन्तर्क्रिया कार्यक्रममा शिवम् सिमेन्टले सहभागी हरेक निर्माणकमीहरुको लागि पाँच लाखबराबरको जोखिम वहन गर्ने गरी बीमा गरेको थियो ।
कम्पनीले पहिलो चरणअन्तर्गत भदौ तथा असोज महिनामा काठमाडौं, मकवानपुर, पर्सा, रौतहट, जनकपुर, महोत्तरी जिल्लालगायतका विभिन्न १६ स्थानमा एक हजारभन्दा बढी निर्माणकर्मीहरुसँग प्राविधिक अन्तर्क्रिया गरी उनीहरुको जोखिम बीमा गराइसकेको छ । उक्त अन्तर्क्रिया कार्यक्रममा दक्ष एवम् अनुभवी प्राविधिकद्वारा सिमेन्टसम्बन्धी जानकारी, निर्माण सामग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीलाई दिनहुँ आइपर्ने निर्माणसम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारणसम्बन्धी विस्तृत जानकारी गराइएको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया