आफ्नै भवन नहुँदा सशस्त्र प्रहरी सोलुलाई समस्या
सोलुखुम्बु । जिल्लाको सशस्त्र प्रहरी बल नेपाल गुल्म (एपीएफ)लाई आफ्नै भवन नहुँदा समस्या भएको छ । विगत ४ वर्षअघि जिल्लामा स्थापना भएको सशस्त्र प्रहरीको आफ्नै भवन नहुँदा सोलुदुधकुण्ड नगरपालिका ६ दोर्पुस्थित तत्कालीन महिला विकास समितिको साँघुरो भवनमा कोचिएर बस्नुपरेको हो ।
विसं २०७४ सालमा निर्वाचन सुरक्षा बेस हुँदै हाल गुल्मको रूपमा खडा भएको सशस्त्र बल नेपाल गुल्म सोलुखुम्बुले जनाएको छ । सुरुवातमा सल्लेरीस्थित कभर्ड हलमा बसेको सशस्त्र प्रहरी करिब तीन वर्षअघि दोर्पुस्थित तत्कालीन महिला विकास समितिले एक रोपनी जग्गामा निर्माण गरेको भवनमा सरेका थिए । तर मापदण्डअनुसार भवन तथा जमिन नहुँदा दैनिक कार्यलाई साँघुरो क्षेत्रमा खुम्च्याउनु परेकोे सशस्त्र प्रहरीका डीएसपी दिनेश शर्माले बताए । उनका अनुसार मापदण्डअनुसार कम्तीमा १५ रोपनी जग्गा आवश्यक पर्ने भए पनि हाल एक रोपनी जग्गामा खुम्चिएर बस्न बाध्य छन् ।
विसं २०७५ मा स्थापना भएको उक्त गुल्ममा कुल दरबन्दी एकक सय २० जना कायम भए पनि ठाउँ अभाव तथा दरबन्दी व्यवस्थापन गर्न नसक्दा हाल करिब ७० जना मात्रै रहेको कार्यालयले जनाएको छ । जिल्ला विपत् प्रतिकार्यदेखि शान्ति सुरक्षाका अधिकांश कार्यमा सशस्त्र प्रहरी सक्रिय रूपमा खटिँदै आए पनि आफ्नो भवन नहुँदा उनीहरूलाई दैनिक कार्यसम्पादनमा समस्या हुँदै आएको बताइएको छ । आफ्नो भवन नभएका कारण गुल्मले सशस्त्र प्रहरीका लागि सञ्चालन गर्ने आन्तरिक तालिमदेखि अन्य पीटणी, परेडसम्म गर्न समस्या भएको डीएसपी शर्माले गुनासो गरे ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाउने विरुद्ध मुद्दा दायर
- सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया