लगानीको वातावरण बनाउन उद्योगीको माग
सुनसरी, माघ १९
सहिदको स्मृतिमा नेपाल अल्ट्राटेक सिमेन्ट प्रालिले सुनसरीको दुहबीमा मैनबत्ती बाली सहिदहरूको सम्झनामा सहिद दिवस मनाएको छ । कार्यक्रममा नेपाल अल्ट्राटेक सिमेन्ट प्रालिका अध्यक्ष मनिष कुमार मारुले सहिदहरूको त्यागका कारण नेपालीहरूले स्वतन्त्रता प्राप्त गरेको भन्दै अब सबै नेपालीहरू एकजुट भएर हिँड्नसके मात्र सहिदहरुको सम्मान हुने बताएका थिए ।
उनले उक्त कार्यक्रममा व्यवसायीहरूका लागि अहिले निर्धक्क भएर लगानी तथा काम गर्ने वातावरण नभएको हुँदा व्यवसायीलाई सरकारले पूर्ण सुरक्षा दिन नसकेको बताएका थिए । उनले व्यवसायीलाई लगानीमैत्री वातावरण बनाउने तथा उद्योगलाई प्रवद्र्धन गर्ने कार्यक्रम ल्याउन समेत सरकारसमक्ष माग गरेका थिए ।
कार्यक्रममा दुहबी नगरपालिकाकी उपमेयर सुनिता शाह, बूढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझी कम्पनीका कार्यकारी निर्देशक हरिवंश राठी र कम्पनीका सञ्चालकहरुको उपस्थिति थियो । सो अवसरमा प्रदेश १ मा नेपाल अल्ट्राटेक सिमेन्ट प्रालिले बन्धन सिमेन्ट नामक ब्रान्डको सिमेन्ट उत्पादन गर्दै सयौँलाई प्रत्यक्ष रोजगारी दिँदै आएको जानकारी मारुले दिएका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया