काठमाडौं माघ २२
सरकारले ल्याएको डिजिटल नेपालको गति सुस्त र धिमा किसिमको भएको सरोकारवालाहरुले बताएका छन् । एजेण्डा प्लसले आयोजना गरेको काठमाडौं डिबेटअन्तर्गतको डिजिटल नेपालको गति विषयक अन्तर्क्रिया कार्यक्रममा सरोकारवाला निकायहरुले डिजिटल नेपालको गति सुस्त भएको बताएका हुन् ।
कार्यक्रममा पूर्वमन्त्री इन्जिनियर गणेश शाहले डिजिटल नेपालको अभियान सही भए पनि यसको काम भने सुस्त गतिमा रहेको बताए । उनले डिजिटल नेपालको अभियानलाई सफल पार्न सबैको उत्तिकै भूमिका हुनुपर्ने भन्दै यसलाई स्पष्टरुपमा अगाडि बढाउनुपर्ने बताए । त्यसैगरी नेपाल दूरसञ्चार प्राधिकरणका बोर्ड सदस्य चन्द्रमणि चौलागाईँले नेपालमा सेवा सञ्चालन गर्न चाहने दूरसञ्चार सेवा प्रदायकहरुलाई नरोकिने बताए । उनले अहिले दूरसञ्चारको क्षेत्रमा भारतीय जियोको मोडल दीर्घकालीन किसिमको नभएको भन्दै नेपालमा दुई मोबाइल अपरेटरहरुको हालीमुहाली रहेको बताए । चौलागाईँले उदार नीतिभित्र नेपाल टेलिकम र एनसेलको मोनोपोली भएको स्पष्ट पारे ।
कार्यक्रममा इन्जिनियर एडा रिजालले अहिले नेपालमा उत्पादित जनशक्तिहरु खपत गर्नसक्ने अवस्था नभएको भन्दै नेपालभित्रै बस्ने वातावरण बनाउनुपर्ने बताइन् । उनले नेपालमा दूरसञ्चार सेवाहरु महंगो र गुणस्तरीय नभएको भन्दै त्यसलाई सबैको पहुँचमा पु-याउनुपर्नेमा जोड दिइन् । काठमाडौं डिबेटमा विज्ञको रुपमा बोल्दै पूर्वसहसचिव वीरेन्द्र कुमार मिश्रले डिजिटल नेपालको अभियान ठूलो स्तरमा भएको र यसका विभिन्न क्षेत्रहरुलाई छुट्टाछुट्टै रुपमा व्याख्या गरिनुपर्ने र त्यसलाई अगाडि बढाउनुपर्ने सुझाव दिए ।
क्यान महासंघ नेपालका पूर्वअध्यक्ष इन्जिनियर विनोद ढकालले सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न नचाहँदा समस्या देखिएको भन्दै डिजिटल नेपाल यसअघि निजी क्षेत्रले ल्याएको इ–नेपालकै परिष्कृत रुप भएको दाबी गरे । उनले सरकारले हालै ल्याएका सूचना प्रविधि ऐनमा राम्रा प्रावधानहरु भए पनि अन्य विषयहरु अनावश्यक रुपमा राख्दा समस्या देखिएको बताए । त्यस्तै अधिवक्ता बाबुराम अर्यालले दूरसञ्चार सेवाप्रदायकहरु र सेवाग्राहीबीच देखिएको खाडललाई पुर्नुपर्ने आवश्यकता रहेको भन्दै कतिवटा कम्पनीहरु आवश्यक पर्दछ भन्नेबारे स्पष्ट हुनुपर्ने बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- टेलिकमको आईसीटी डे अफर
- ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेस्टमेन्ट फन्डको लगानी
- नबिल बैंक र सिप्रदीबीच सहकार्य
- एभरेस्ट बैंकको एक्स्टेन्सन काउन्टर कपिलवस्तुको पकडीमा
- प्राधिकरणद्वारा बीमकहरूका परिपालन अधिकृतहरूसँग छलफल
- हिमालयन सेक्युरिटिजको कारोबार सुरु
- जापानमा रोजगारीको उपलब्धता घट्यो
- एसिया प्रशान्त क्षेत्रको अर्थतन्त्र साढे चार प्रतिशत बढ्ने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया