पल्सर क्रिकेट एक्सेलेन्स सेन्टर
काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी)लाई प्रायोजन गर्ने सम्झौता गरेको छ । यसपछि क्रिकेट एक्सेलेन्स सेन्टरको नाम परिवर्तन भई पल्सर क्रिकेट एक्सेलेन्स सेन्टर हुनेछ ।
सम्झौता हस्ताक्षर कार्यक्रममा गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले क्रिकेट एक्सेलेन्स सेन्टरसँग आबद्ध हुन पाउँदा खुसी लागेको बताउँदै पछिल्ला वर्षहरूमा क्रिकेट नेपाली युवाहरूको प्यासन बनेको उल्लेख गरे । नेपालले क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएको उनको भनाइ थियो । बजाज पल्सरले नेपालमा खेलकुदलाई सधैँ प्रवर्द्धन गर्दै आइरहेको र यो सहकार्यले देशभरबाट थप गुणस्तरीय क्रिकेटरहरू उत्पादन गर्न मद्दत गर्ने उनले बताए । बजाज पल्सर नेपालमा खेलकुदको विकासका लागि सदैव प्रतिबद्ध रहेको उनको भनाइ छ । त्यस्तै, पूर्वकप्तान पारस खड्काले बजाज पल्सरसँग आबद्ध हुन पाउँदा खुसी भएको बताउँदै नेपाली खेलकुदलाई क्रिकेटमा मात्र नभई लगभग सबै खेलकुदमा सहयोग गरेको आभर व्यक्त गरे । साथै उनले यो सहकार्य टुट्न नहुनेमा जोड दिए ।
क्रिकेट एक्सेलेन्स सेन्टर क्रिकेटरहरूलाई व्यावसायिक प्रशिक्षण प्रदान गर्ने निजी एकेडेमी हो, जसले घरेलु खेलाडीहरू विकास गर्ने र क्रिकेटमा व्यावसायिक करिअरको लागि मार्गदर्शन गर्ने लक्ष्य राख्छ । गुणस्तरीय क्रिकेट प्रशिक्षण, विश्वस्तरीय क्रिकेट पूर्वाधार र विज्ञहरूबाट सिक्ने अवसर प्रदान गर्ने उद्देश्यका साथ पूर्वकप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले यसको स्थापना गरेका हुन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया