कृषि विकास बैंकको १५औँ वार्षिक साधारणसभा
काठमाडौं । कृषि विकास बैंकले वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकले आर्थिक वर्ष २०७७–०७८ को वार्षिक साधारणसभा बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा बिहीबार भर्चुअलरूपमा सम्पन्न गरेको हो ।
बृहत् कार्य सञ्जालद्वारा आफ्ना वस्तु तथा सेवाहरूलाई देशका अति दुर्गमदेखि सुगम ठाउँहरूमा दुई सय ७९ वटा शाखाहरूबाट आधुनिक बैंकिङ सेवा पु¥याउन सफल भएको तथा नेपालका वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी अधिकृत पुँजी भएको बैंकको १५औँ वार्षिक साधारणसभा बैंक सञ्चालक समितिका अध्यक्ष रमेश कुमार केसीको अध्यक्षतामा सम्पन्न भएको हो । बैंकका करिब तीन लाखको संख्यामा रहेका सेयरधनीहरूलाई उक्त साधारणसभाले उत्साहजनक प्रतिफल स्वरूप २० प्रतिशत बोनस सेयर र कर प्रयोजनबापत एक दशमलव शून्य ५२ प्रतिशत नगद लाभांश वितरण गर्नेे प्रस्ताव समेत पास गरेको छ । साथै उक्त साधारणसभामा वक्ताको रूपमा भाग लिएका सेयरधनीहरूले उठाएका जायज जिज्ञासका सम्बन्धमा सञ्चालक समिति अध्यक्ष केसी र बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले स्पष्ट पार्नुका साथै सेयरधनीहरूबाट प्राप्त सुझावहरूलाई नियमानुसार कार्यान्वयन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भर्चुअल माध्यमबाट भए पनि सेयरधनीहरूको बाक्लो उपस्थिति रहेको उक्त साधारणसभामा विभिन्न निकाय/संघ/संस्थाका प्रतिनिधि, बैंकमा कार्यरत उच्च व्यवस्थापक, कर्मचारीहरू र बैंक सञ्चालक समितिका सदस्यहरू रमेश दुवाडी, प्रकाश कुमार सन्जेल, सञ्जिव पौडेल, हरिप्रसाद पराजुली, विनोद गुरागाईँ, डा. इन्दिरा मास्के (श्रेष्ठ)को उपस्थिति रहेको थियो । साधारणसभाको सञ्चालन बैंकका कम्पनी सचिव हिमलाल पौडेलले गरेका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया