जनकपुरका होटेलमा प्रदेश सांसदलाई विशेष छुट
काठमाडौं । जनकपुरमा सञ्चालित होटलहरूले प्रदेश दुईका सांसदहरूलाई विशेष छुट दिने घोषणा गरेका छन् । प्रदेशसभा बैठकमा प्रदेशको राजधानी र नामाकरणसम्बन्धी प्रस्तावमा भाग लिँदै केही सांसदले जनकपुरधाम महँगो रहेको टिप्पणी गरेपछि व्यवसायीहरूले छुटको व्यवस्था गरेका हुन् ।
जनकपुरधामलाई राजधानी बनाउने सम्बन्धमा केही सांसदहरूले नियतवश जनकपुरधामलाई बदनाम गराउन खोजेको भन्दै होटेल एसोसिएसन नेपाल प्रदेश नं. २, होटेल व्यवसायी तथा पर्यटन संघ र जनकपुरधाम उद्योग वाणिज्य संघले संयुक्तरूपमा प्रेस विज्ञप्ति जारी गर्दै जनकपुरधामका विभिन्न होटेलहरूमा सांसदहरूलाई लजिङ (बास)मा २५ प्रतिशत र फुडिङ (खाना)मा १० प्रतिशत छुट दिने घोषणा गरेका हुन् ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र कुमार महासेठले होल सिताशरण, वेलकम, मानकी, सिटी पार्क, राजदरवार, रामजानकी, अन्नपूर्ण, सीता पैलेस, बृन्दावल, शुभम, राजघराना, होटेल आनन्द, सिटी स्टार, रामा तथा परफेक्ट होटेलमा सांसदहरूले छुट पाउने बताए । आइतबार भएको प्रदेशसभाको बैठका वीरगञ्जका केही प्रदेशसभा सदस्यहरूले जनकपुरधाम महँगो भएको भन्दै प्रदेशको राजधानी वीरगञ्ज बनाउनुपर्ने तर्क गरेपछि यहाँका व्यवसायीले सांसदलाई विशेष अफर घोषणा गरेका हुन् । सोमबार बसेको प्रदेशसभाको बैठकले जनकपुरधामलाई नै राजधानी समेत कायम गरिसकेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया