चांगन अटोको प्रिमियम पिक–अप ‘हन्टर’को बुकिङ खुल्ला
काठमाडौं । चांगन अटोले आफ्नो प्रिमियम पिक–अप ‘हन्टर’को बुकिङ खुल्ला गरेको छ । कम्पनीले यसको सुरुवाती मूल्य ७५ लाख ५० हजार रुपैयाँ कायम गरेको छ । कम्पनीका अनुसार यो मूल्य पहिलो ३० ग्राहकमा मात्रै लागू हुनेछ । हन्टर सबै खाली भूभाग र बाटोको लागि उचित भएको हुनाले नेपाली ग्राहकहरुको लागि सही रोजाइ हुनसक्ने कम्पनीको भनाइ छ ।
हन्टरमा १.९ टर्बोचाज्र्ड इन्जिन छ, जसमा १९१० सीसीको डिसप्लेसमेन्ट छ । यसले १५० एचपी पावर र ३५० एनएम टर्क उत्पादन गर्दछ । यस प्रिमियम पिक–अपको ग्राउन्ड क्लियरेन्स २३० एमएम हो, जुन यो सेग्मेन्टकै सबैभन्दा राम्रो रहेको छ । यसले एक टनको पेलोड वजन उठाउन सक्छ । हन्टर ६–स्पिड अटोमेटिक गियर ट्रान्समिसनको साथमा आउने गर्दछ, जसले आफैँ रोडको कन्डिसनअनुसार गियर बदल्न मद्दत गर्दछ ।
हन्टरको अरु विशेषताहरुमा १० इन्चको एचडी इन्फोटेनमेन्ट टच स्क्रिन, पुस इन्जिन स्टार्ट बटन, क्रुज कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ सिस्टम, इलेक्ट्रोनिक स्टाबिलिटी प्रोग्राम र हिल डिसेन्ट कन्ट्रोल रहेको छ । यसमा आरामदायी पावर अस्सिसटेड सिट पनि छ । साथ–साथै, हन्टरमा स्पोर्ट मोड र इको–मोड पनि छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘हिमाललाई पीडा’ दिइएको भन्दै सर्वोच्च अदालतद्वारा जारी आदेशका तीन खास कुरा
- गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
- आइसिसी टी–२० विश्वकपका लागि रोहित पौडेलको नेपाली टोलीको घोषणा
- देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया