सहकारीको रकम हिनामिना गरेर फरार महर्जन पक्राउ
काठमाडौं । सहकारी संस्थामा बचतकर्ताहरुको बचत रकम हिनामिना प्रकरणमा दोषी ठहर भएका फरार प्रतिवादी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उक्त प्रकरणका फरार प्रतिवादी पञ्चमान महर्जनको बिहीबार काठमाडौको स्वंम्भुबाट पक्राउ गरेको जानकारी दिएको छ ।
सीआईबीका अनुसार काठमाडौंको कालीमाटीमा रहेको साइनिङ स्टार सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडमा जम्मा गरेको २२ करोड ६४ लाख ९४ हजार चार सय ७८ रुपैयाँ जाहेरवालाहरुलाई फिर्ता नदिई सो संस्थाका पदाधिकारीहरु र सञ्चालकहरुलाई आर्थिक लाभ हुने गरी तोकिएको प्रयोजनबाहेकको व्यापारिक कारोबार र आफन्तका नाममा जग्गा खरिद गरी ठगी गरेको भन्ने मुद्दामा उक्त संस्थाका लेखा समिति संयोजक प्रतिवादी पंचमान महर्जन समेतले ऋण प्रवाह तथा असुली गर्दा त्रुटि गरेकोले ठगीमा संलग्न भएको ठहर गर्दै काठमाडौं जिल्ला अदालतले वि.सं. २०७३ असार १९ गते प्रतिवादी पंचमान महर्जनलाई छ महिना कैद र ३५ लाख ६८ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।
फैसलालगत्तै फरार भएका महर्जनलाई सीआईबीको फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले माघ २० बिहीबार काठमाडौंको स्वयम्भूबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि शुव्रmबार काठमाडौं जिल्ला अदालतमा पेश गरेको हो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया