अमेरिका । अमेरिकी विद्युतीय सवारीसाधन निर्माता टेस्लाविरुद्ध नश्लीय विभेद र हिंसा भएको भन्दै एक क्यालिफोर्निया नियामकले मुद्दा दायर गरेको छ । टेस्लाका कारखानामा नश्लीय विभेदपूर्ण व्यवहार हुने गरेको आरोप लागेको हो ।
द क्यालिफोर्निया डिपार्टमेन्ट अफ फेयर इम्प्लोयमेन्ट एन्ड हाउजिङ (डीएफईएच) ले यससम्बन्धी सयौँ उजुरी फ्रिमन्ट कारखानामा काम गर्ने कामदारबाट परेको जनाएको छ । टेस्लाले भने यसलाई गलत ढंगले लिइएको टिप्पणी गरेको छ । कम्पनीले सबैखाले विभेद र हिंसाको आफूले विरोध गरेको जनाएको छ । टेस्लाले तथ्य र प्रमाण सुन्ने र आवश्यक कदम चाल्ने प्रतिबद्धता पनि जनााएको छ ।
डीएफईएचका निर्देशक केभिन किसले टेस्लाको फ्रिमन्ट फ्याक्ट्री विभेदको थलो भएको प्रमाण प्राप्त गरेको बताए । जहाँ अश्वेत कर्मचारीविरुद्ध नश्लीय विभेदकारी शब्द गर्ने, काम लगाउँदा विभेद गर्नेलगायतका व्यवहार देखिएको उनको भनाइ छ । अश्वेत कर्मचारीले दिनमै ५० देखि सय पटकसम्म ‘रेसियल स्लर्स’ सुन्नुपरेको उजुरीमा भनिएको छ । गत वर्ष पनि टेस्लाविरुद्ध अश्वेत पूर्वकर्मचारीलाई १३ करोड ७० लाख डलर क्षतिपूर्ति तिर्न लगाइएको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
- नेपालका प्राय: सबै क्षेत्र विदेशी लगानीका लागि खुला छन्: सभापति देउवा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया