एप्पल वर्ल्ड मोबाइलको एक्सचेञ्ज अफर
काठमाडौं । एप्पल वर्ल्ड मोबाइलले भ्यालेन्टाइन डेको अवसर पारेर नयाँ तथा पुराना मोबाइलको एक्सचेञ्ज अफर ल्याएको छ । कम्पनीले एक्सचेञ्ज अफरमा पुराना मोबाइलको उच्चतम मूल्याङ्कन गरी पुराना मोबाइल राखेर नयाँ मोबाइल दिनेछ ।
मर्कन्टाइल प्लाजा, दरबारमार्गमा रहेको एप्पल वल्र्ड मोबाइलमा सञ्चालन हुने उक्त अफरमा १० हजारदेखि दुई लाख ७५ हजार रुपैयाँसम्मका विभिन्न ब्राण्डका मोबाइलहरु एक्सचेञ्ज तथा खरिद गर्न सकिनेछ । एप्पल, सामसङ, नोकिया, साओमी, वन प्लस, भिभो, ओप्पो, कुल प्याडलगायतका मोबाइलहरुमा अफर लागू हुने एप्पल वर्ल्ड मोबाइलले जनाएको छ ।
यो अफरमा मोबाइल एक्सचेञ्ज गर्न आउने ग्राहकले नागरिकताको प्रतिलिपि अनिवार्य रुपमा ल्याउनुपर्ने एप्पल वर्ल्ड मोबाइलका प्रमुख कार्यकारी अधिकृत निराजन मल्लले बताए । उनले भने, ‘जोडीले नै दुईवटा मोबाइल खरिद वा एक्सचेञ्ज गर्दा मोबाइलको मूल्यअनुसार स्पिकर, हेडफोन, इयर पडलगायतका उपहारहरु निःशुल्क पाउनेछन् ।’ उनका अनुसार यो अफर फागुन १ गतेदेखि एक सातासम्म सञ्चालन हुनेछ । एप्पल वर्ल्ड मोबाइलमा विभिन्न ब्राण्डका स्मार्टवाच समेत उपलब्ध हुने उनले जानकारी दिए ।
मल्लका अनुसार एकै पटक रकम भुक्तान गर्न नसक्ने सेवाग्राहीले किस्ताबन्दीमा शून्य प्रतिशत ब्याजदरमा मोबाइल तथा अन्य उपकरणहरु खरिद गर्न सक्नेछन् । साथै ६० मिनेटभित्रै जस्तोसुकै समस्या भएका मोबाइलहरुको मर्मत गर्ने सुविधा ‘६० मिनेट फेस टू फेस सर्भिस’ पनि सेवाग्राहीले पाउने मल्लले जानकारी दिए । सबै प्रकारका ब्राण्डेड एक्सेसरिज तथा म्याकबुक समेत सेवाग्राहीको अगाडि नै मर्मत हुने उनले बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामग्री वितरण
- नेसनल लाइफको घान्द्रुक भ्रमण कार्यक्रम
- एनसेलको आकर्षक बोर्डर रोमिङ प्याक
- भारतीय खाद्यवस्तुहरूमा क्यान्सर निम्त्याउने रसायन
- धारणा, विचार, सिद्धान्त र ज्ञानको स्रोत के हो ?
- नेपालमा बीमा कम्पनीहरूको वास्तविकता
- न्युयोर्कमा इही कार्यक्रम २०२४ सम्पन्न
- आर्थिक प्रगति र समृद्धि सपना मात्रै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया