प्रभु बैंकको एक्सटेन्सन काउण्टर विराटनगरमा
काठमाडौं, माघ २६
प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा मोरङ जिल्लाको विराटनगर महानगरपालिकास्थित वडा नं ०४ यातायात व्यवस्था कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । विराटनगर स्थित यातायात व्यवस्था कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको बुधबार विराटनगरका यातायात व्यवस्था कार्यालयका प्रमुख यातायात अधिकृत रबिन कार्कीले एक समारोहका विच समुद्घाट्न गरेका हुन ।
नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंसिकङ कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको बैंकले यातायात व्यवस्थापन कार्यलयमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित यातायात व्यवस्थापन कार्यलयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र यातायात व्यवस्थापन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ ।
प्रभुको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंसिकङ सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंसिकङ सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ । बैंकले हाल सबै क्षेत्रमा गरी दुई सय आठ वटा शाखा कार्यालय, एक सय ५७ वटा एटिम ४४ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंसिकङ सेवा मार्फत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंसिकङ सेवा प्रवाह गरिरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्सबीच सम्झौता
- समृद्धि फाइनान्सका ग्राहकलाई डिलाइट टेलरिङ सेन्टरमा छुट
- ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ
- नेपाल एसबीआई बैंक सम्मानित
- गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको क्युआर टेलर सुरु
- आगामी बजेटका चुनौती
- आर्थिक विकासको लक्ष्यमा कृषिको भूमिका
- सहकारीको लहरो पहरोसम्मै पुगोस्
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया