नेपाल घरेलु तथा साना उद्योग महासंघको २५औँ राष्ट्रिय महाधिवेशन फागुन २६ गते
काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघको २५औँ राष्ट्रिय महाधिवेशन तथा केन्द्रीय महिला उद्यमी समितिको २२औँ राष्ट्रिय महिला उद्यमी सम्मेलन फागुन २६ र २७ गते वीरगञ्जमा आयोजना हुने भएको छ । कोरोना संक्रमण लगायतका कारणले महाधिवेशन स्थगित हुँदै आएको थियो ।
यस महाधिवेशनबाट आगामी कार्यकालका लागि नयाँ नीति तथा कार्यक्रम तर्जुमा गर्नुका साथै तीन वर्षे कार्यकालका लागि महासंघ केन्द्रीय कार्यसमिति तथा केन्द्रीय महिला उद्यमी समितिको नयाँ नेतृत्व समेत चयन गरिने महासंघले जनाएको छ । महासंघको अहिलेसम्म बागमती, गण्डकी, लुम्बिनी, मधेश, कर्णाली र सुदुरपश्चिम प्रदेशहरुको अधिवेशन सम्पन्न भइसकेको र १ नं. प्रदेशको अधिवेशन आइतबार हुँदै छ । महासंघको केन्द्रीय महाधिवेशनमा प्रदेश संघ, जिल्ला संघ, वस्तुगत संघ, एसोसियट सदस्य, सहकारी सदस्य र नवीकरणीय ऊर्जाका प्रतिनिधिहरु सहभागी हुनेछन् भने राष्ट्रिय महिला उद्यमी सम्मेलनमा प्रदेश र जिल्ला महिला उद्यमी समितिका महिला प्रतिनिधिहरुको सहभागिता रहनेछ ।
यसैगरी महासंघको विधानबमोजिम वस्तुगत संघ, एसोसियट सदस्य, सहकारी सदस्य र नवीकरणीय ऊर्जा प्रत्येकका लागि छुट्टाछुट्टै निर्वाचन क्षेत्र मार्फत मतदान प्रक्रिया अवलम्बन गरिनेछ । विधानअनुसार महासंघको केन्द्रीय कार्यसमिति ९७ जनाको र केन्द्रीय महिला उद्यमी समितिको कार्यसमिति ५५ जनाको हुनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सञ्चारमन्त्रीद्वारा राजपुर हाडबासको आगलागी घटनाप्रति दु:ख व्यक्त
- किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
- महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामग्री वितरण
- नेसनल लाइफको घान्द्रुक भ्रमण कार्यक्रम
- एनसेलको आकर्षक बोर्डर रोमिङ प्याक
- भारतीय खाद्यवस्तुहरूमा क्यान्सर निम्त्याउने रसायन
- धारणा, विचार, सिद्धान्त र ज्ञानको स्रोत के हो ?
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया