एआईआईबीद्वारा रुस र बेलारुसमा व्यावसायिक गतिविधि बन्द
बेइजिङ । चिनियाँ बैंक एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट बैंक (एआईआईबी)ले रुस र बेलारुसमा आफ्ना गतिविधि रोकेको छ । बैंकले विज्ञप्ति जारी गर्दै बैंकले युक्रेनमाथि रुसले गरेको आक्रमणलाई नजिकबाट नियालिरहेको जनाउँदै वित्तीय गतिविधि रोकेर समीक्षा गरिरहेको जनाएको हो ।
बैंकले भनेको छ, ‘अहिलेको त्यहाँको परिस्थितिलाई मध्यनजर गर्दै र बैंकका उत्कृष्ट चाहनालाई ध्यान दिँदै व्यवस्थापनले बेलारुस र रुसमा सम्बन्धित सबै गतिविधि रोकेका छौँ । यसको समीक्षा गरिरहेका छौँ ।’ साथै बैंकले युद्धमा प्रभावितप्रति सहानुभूति व्यक्त गरेको छ ।
एआईआईबी अन्तर्राष्ट्रिय सन्धिअनुसार स्थापना भएको बहुपक्षीय संगठन हो । अन्तर्राष्ट्रिय कानुनमा बाँधिएर सञ्चालन भइरहेको जनाउँदै बैंकले समान चुनौतीको सामना गर्न र विकासलाई समर्थन गर्न विभिन्न देशका लागि उत्कृष्ट फ्रेमवर्क उपलब्ध गराउने जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया