फोटोपसलद्वारा फोटोग्राफरलाई एकदिने कार्यशाला
काठमाडौं । ‘सिकौँ, सिकाऔँ, उठौँ, उठाऔँ, अनि फोटोग्राफरको सम्मानमा सधैँ अग्रसर बनौँ’ भन्ने नारा लिएर पेशागत रुपमा फोटो व्यवसाय गरिरहेका फोटाग्राफरहरुलाई एक दिने कार्यशाला सञ्चालन भएको छ ।
फोटोपसलको आयोजना तथा फोटोकिपाको सहआयोजनामा भएको उक्त कार्यशालामा माउन्टेन फोटोग्राफीका बादशाहका रुपमा चिनिने जगदिश तिवारी, वरिष्ठ फेसन फोटोग्राफर राजभाई सुवाल, फोटोपसलका अध्यक्ष योगेन्द्रजंग बस्नेतले कार्यशालामा आफ्ना अनुभव राखेका थिए । देशभरबाट एक सय ५० सहभागी रहेको कार्यशालामा बोल्दै माउन्टेन फोटोग्राफर जगदिश तिवारीले पेशागत सम्मानका लागि कार्यदक्षताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने र त्यसका लागि सीपमा निखारपना ल्याउनुपर्नेमा जोड दिएका थिए । यस्तै बदलिँदो डिजिटल दुनियाँमा फोटोग्राफरले चुनौतीको सामना गर्दै अगाडि बढ्ने हो भने संसारकै सबैभन्दा धेरै अवसर रहेको पेसामा फोटोग्राफी रहेको उनीहरुको भनाइ थियो ।
कार्यक्रममा वरिष्ठ माउन्टेन फोटोग्राफर जगदिश तिवारी र वरिष्ठ फेसन फोटोग्राफर राजभाइ सुवाललाई सम्मान गरिएको थियो । त्यसैगरी विश्व फोटोग्राफी दिवसको अवसरमा गरिएको कप्पल पोट्रेट फोटोग्राफी प्रतियोगिता २०२१ को उत्कृष्ट, सर्वोत्कृष्ट, विजयीहरुलाई पुरस्कार तथा प्रमाणपत्र पदान गरिएको थियो । जसमा फोटोग्राफर विवेक श्रेष्ठले खिचेको जोडी फोटो विजयी भएको थियो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाउने विरुद्ध मुद्दा दायर
- सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया