नर्भिक नर्सिङ कलेजका ९० प्रतिशत विद्यार्थीको विशिष्ट श्रेणीको नतिजा
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको भगिनी संस्था नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजूकेसनले दक्ष जनशक्ति उत्पादनमा समेत राम्रो नतिजा प्रदर्शन गर्दै आएको छ । यो क्रममा सन् २०१७ को बिएसी नर्सिङको ब्याचले ऐतिहासिक र उत्साहजनक सफलता हासिल गरेको छ । नवौँ ब्याचको रुपमा ३० जना विद्यार्थीले निकै राम्रो नतिजासहित बीएससी नर्सिङको कोर्स पूरा गरेका हुन् । विज्ञान विषय लिएर प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका विद्यार्थीहरुले यो कोर्स पढ्न पाउँछन् ।
नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजूकेसन नवौँ ब्याचका ३० मध्ये २७ विद्यार्थीले विशिष्ट श्रेणी तथा बाँकी तीन जनाले पहिलो श्रेणीको अंकसहित ऐतिहासिक सफलता हात पारेका हुन् । यो ब्याचमा समावेश कुल विद्यार्थीमध्ये ९० प्रतिशतले विशिष्ट श्रेणीसहित उत्तीर्ण हुनु उत्साहको विषय रहेको नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेसनका प्रमुख कार्यकारी अधिकृत कुलानन्द (केएन) शर्माले जानकारी दिए ।
कोभिड पेन्डामिकको बेलाका चुनौतीका बाबजुद पनि विद्यार्थीहरुले राम्रो मिहिनेत गरेको उनले बताए । नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेसनमा विगत लामो समयदेखि बीएससी नर्सिङ, बीएन नर्सिङ र पीसीएल नर्सिङका कोर्सहरु सञ्चालन हुँदै आएका छन् । बीएससी नर्सिङ र बीएन नर्सिङको कोर्स पूर्वाञ्चल विश्वविद्यालयबाट मान्यताप्राप्त हुन् भने प्रवीणता प्रमाणपत्र तह (पीसीएल) नर्सिङचाहिँँ सीटीईभीटीबाट मान्यताप्राप्त कोर्स हो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाउने विरुद्ध मुद्दा दायर
- सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया