मझगाउँ विमानस्थलकोे पुनर्निर्माण सुरु, धावनमार्ग विस्तार हुने
कञ्चनपुर । विगत दुई दशकदेखि गौचरणमा परिणत कञ्चनपुर मझगाउँ विमानस्थलको पुनर्निर्माणको काम सुरु गरिएको छ । बन्द रहेको विमानस्थल विस्तारका टेन्डर भई निर्माणका लागि कान्छाराम/कुमार/उमा एन्ड कम्पनीसँग ४५ करोड ६६ लाख सात सय १५ रूपैयाँमा ठेक्का सम्झौता गरिएको छ । धावनमार्ग र विमानस्थल पुनर्निर्माणको काम तीन वर्षमा पूरा गर्नेगरी निर्माण कम्पनीले काम सुरु गरेको छ ।
हाल निर्माण कम्पनीले माथिल्लो तहको खुकुलो माटो, झाडी र बुट्यान सफा गर्ने काम गरिरहेको छ । धावनमार्गमा ग्राबेल तथा सबबेसको काम पनि सुरु गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर तथा आयोजना प्रमुख मीनराज ओझाले भने, ‘विमास्थल सञ्चालनका लागि साझेदारीमा काम सुरु भएको छ ।
निर्माणको काम जारी छ । पहिलो फेजमा रन–वे, ट्याक्सी–वेको काम हुनेछ । टर्मिनल बिल्डिङहरू दोस्रो फेजमा निर्माण गरिनेछ ।’ निर्माण कम्पनीले स्तरीय माटो भरान तथा सवग्रेडको काम थालेको छ । निर्माणकम्पनी आवश्यक सामग्रीको व्यवस्थापनमा लागेको छ । एक हजार मिटर लम्बाइ रहेको धावनमार्ग पहिलो चरणमा एक हजार पाँच सय २५ मिटर बनाइनेछ । दोस्रो चरणमा तीन सय मिटर धावनमार्ग थपिने नेपाल नागरिक उड्यन प्राधिकरणले बताएको छ । ‘६६ बिघा क्षेत्रमा फैलिएको विमास्थलका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको खेलमैदान रहेको क्षेत्रको जमिन आवश्यक पर्नेछ, उक्त जग्गाका लागि स्थानीय र प्रदेश सरकारबाट पहल हुँदै छ । खासै समस्या छैन’, ओझाले भने ।
मझगाउँ विमानस्थल निर्माणमा पर्यटन मन्त्रालयको ५० प्रतिशत, सुदूरपश्चिम प्रदेश सरकारको २५ प्रतिशत, भीमदत्त नगरपालिकाको १५ प्रतिशत र दोधाराचाँदनी नगरपालिकाको १० प्रतिशत गरी हालसम्म ४५ करोड ६६ लाख सात सय १५ रूपैयाँ जम्मा गरिएको छ । विमानस्थल निर्माणका लागि बजेटको अभाव हुन नदिने दोधारा–चाँदनी नगरपालिकाका नगरप्रमुख वीरबहादुर सुनारले बताए । ‘रकमको कमी हुँदैन होला । उहाँहरूले काम सुरु गर्नुभएको छ । कुनै समस्या छैन’, उनले भने । विस २०३० मा सञ्चालनमा आएको मझगाउँ विमानस्थल द्वन्द्वका बेला सुरक्षाको कारण देखाउँदै बन्द गरिएको थियो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाउने विरुद्ध मुद्दा दायर
- सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया