Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारज्योति लाइफको प्रादेशिक कार्यालय

ज्योति लाइफको प्रादेशिक कार्यालय


काठमाडौं, माघ २९
ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले प्रादेशिक कार्यालय धनगढीको उद्घाटन गरेको छ । कम्पनीले एक सय १७ वटा शाखा विस्तार गर्न सफल ज्योलिले आफ्नो प्रादेशिक कार्यालय धनगढी, बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंद्वारा उद्घाटन सम्पन्न गरिएको हो । उक्त कार्यक्रममा अध्यक्ष चापागाईंले बीमाको बारेमा नागरिकलाई जनचेतना बढाउन स्थानीय तहमा अन्तरक्रिया गरी घुम्ती बीमा सेवा सञ्चालन गरी बीमाको प्रभावकारिता बढाउन बीमा समिति आफैँ लागिपरेको कुरा जानकारी गराए ।

साथै अहिलेसम्म नियामकीय प्रावधानअनुसारको पुँजी तोक्ने गरिएको भए पनि अहिले संसारभर जोखिम आधारित पुँजीको अवधारणा कार्यान्वयनमा रहेको हुँदा अब नेपालमा पनि जोखिममा आधारित पुँजी व्यवस्था गर्नुपर्ने जानकारी गराए । यस्ता जोखिममा बीमा जोखिम, कर्जा जोखिम, तरलता जोखिम, सञ्चालन जोखिम र बजार जोखिम रहेको र यस्ता जोखिमको लागि पुँजीको मात्रा तोकिने कुरा जानकरी गराए ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, बीमा सल्लाहकार भोजराज शर्मालगायत कम्पनीका पदाधिकारीहरू उपस्थित उक्त कार्यक्रममा कम्पनीका कार्यकारी उपप्रमुख प्रकाशविक्रम खत्रीले ज्योति लाइफले बीमा शुल्क आर्जन, प्रविधिक विकास र नयाँ उच्चस्तरिय बीमा योजनाहरूको हकमा पुराना कम्पनीहरूलाई पनि चुनौती दिन सफल भएको र सुदूरपश्चिम ७ नं. प्रदेशको ९ वटै जिल्ला, विकटमा दार्चुलासहित गरी आफ्ना १३ वटा सेवा केन्द्रहरूबाट सेवा सञ्चालन गर्दै आएको कुरा जानकारी गाराए । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष नन्दकिशोर शर्माले छोटो समयमा नै बीमाको दायरा छ प्रतिशतबाट २२ प्रतिसत पु-याउन बीमा समितिको अहम् भूमिका रहेको बताए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया