दोलखा, फागुन २
जिल्लाको बैतेश्वर गाउँपालिका वडा नं २ गैरीमुदीको वडा कार्यालय भवनको निर्माणकार्य सम्पन्न भएको छ । वडा कार्यालय भवनको बिहीबार एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको हो । बैतेश्वर गाउँपालिकाका अध्यक्ष्य छवि लामा र उपाध्यक्ष्य रविचन्द्र आचार्यले संयुक्त रुपमा भवनको उद्घाटन गरेका हुन् ।
नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गर्दै अध्यक्ष्य लामाले वडा नं २ मा हालसम्म भएका विकास निर्माणबारे जानकारी गराउँदै आगामी दिनमा सो क्षेत्रको लागि छुट्याइएको बजेट र योजनाबारे स्थानीयलाई जानकारी गराएका थिए । वडा नं २ गैरीमुदी हुँदै चल्ने गाउँपालिकाको मुख्य सडक कालोपत्रे गर्न २ करोड बजेट छुट्याइएको र कालोपत्रेको काम सुरु भएको उनले बताए साथै पालिकाले वडा नं १ र २ लाई लक्षित गरी गौतमबुद्धको दुई वटा मूर्ति निर्माण गरेको बताए ।
त्यसैगरी गाउँपालिकाका उपाध्यक्ष्य रविचन्द्र आचार्यले यस वडा कार्यालय भवन निर्माणको लागि गाउँपालिकाले गत आर्थिक वर्ष ९३ लाख रुपैयाँ छुट्याएको जानकारी दिए । गाउँपालिकाले विशेषगरी वडा तहका स्थानीयलाई लक्षित गरी कृषि, खानेपानी, स्वास्थ्य, शिक्षा, सडक र भौतिक संरचनालगायतका क्षेत्रमा बजेट छुट्याउने गरेको छ । हाल गाउँपालिकाको मुख्य कार्यालय र चारवटा वडाले आफ्नै कार्यालय भवनबाट सेवा दिइरहेका छन् । बाँकी चार वडाहरुको कार्यालय भवन निर्माणाधीन अवस्थामा रहेको गाउँपालिकाले जनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
- रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह
- शान्ति समाजद्वारा श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया