एभरेष्ट बैंकद्वारा सार्वजनिक शौचालय हस्तान्तरण
काठमाडौं, फागुन ४
एभरेष्ट बैंक लिमिटेडले शौचालय हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउने उद्देश्यअनुरुप नयाँ बानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द पश्चिमतर्फ छक्कुबक्कु मन्दिरनजिकै अपाङ्गमैत्री सार्वजनिक शौचालय निर्माण सम्पन्न गरी काठमाडौं महानगरपालिका वडा नं. १० लाई हस्तान्तरण गरेको हो ।
उक्त शौचालयको साथसाथै सो स्थानमा अवस्थित पार्क तथा चौतारी संरक्षणमा समेत बैंकले सहयोग गरेको छ । उक्त कार्यबाट स्थानीय साथसाथै आम नागरिकलाई सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले यसै वर्ष विभिन्न स्थानमा गरी १४ वटा शौचालय निर्माण गरिसकेको छ ।
उक्त सार्वजनिक शौचालय, बैंकले आफ्ना अधिकारीहरु, काठमाडौं महानगरपालिका अधिकारीहरु तथा का.म.पा वडा नं. १० का सदस्यहरु तथा सर्वसाधरणहरुको उपस्थितमा बैंकको सीएसआर कमिटीका सदस्य डा. गणेश गुरुङ, बैंकको सहायक महाप्रबन्धक आशुतोष शर्माले संयुक्तरुपमा, काठमाडौं महानगरपालिका वडा नं.१० का अध्यक्ष राम कुमार केसीलाई हस्तान्तरण गरेका हुन ।
एभरेष्ट बैंक, हालै बेष्ट म्यानेज कमर्सियल बैंक २०१९ बाट सम्मानित हुनुका साथै क्यामेल रेटिङ अन्तर्गत बेष्ट रेटेड कमर्सियल बैंक बन्न सफल भएको छ । बैंकले हाल ९५ शाखा, तीन वटा एक्सटेन्शन काउन्टर, ३० राजस्व संकलन काउन्टर, एक सय २२ एटीएमबाट मजबुत सेवा प्रदान गदै आईरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- जापानका विदेशमन्त्री योको बिदाइ
- अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया