यामाहाको रेजेडआर १२५ एफआई स्मार्ट कनेक्ट फिचरसहित बजारमा
काठमाडौं । यामाहाको सर्वाधिक लोकप्रिय स्कुटर रेजेडआर १२५ स्ट्रिट -याली भर्सन स्मार्ट ‘एक्स कनेक्ट’ फिचरसहित नेपाली बजार प्रवेश गरेको छ । नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले भृकुटीमण्डपस्थित कम्पनीद्वारा वैशाख १५–२१ सम्म आयोजित ‘महाएक्सचेञ्ज मेला’को अवसर पारी स्कुटर सार्वजनिक गरेको हो ।
यामाहाको रेजेडआर १२५ एफआई विशेषगरी फ्यूल इफिसिएन्सीलाई प्राथमिकतामा राखेर बनाइएको स्कुटर भए पनि रेजेड आर–१२५ अब स्मार्ट स्कुटरको रुपमा आएको कम्पनीले जनाएको छ । ‘फ्युल इन्जेक्सन’ (एफआई) प्रविधिको प्रवर्तक यामाहाले गत वर्ष सेप्टेम्बरमा नेपालमा यामाहा रेजेड आर १२५ एफआई पहिलो पटक सार्वजनिक गरेको थियो । कम्पनीका अनुसार रेजेड आर सामान्यतः प्रतिलिटर ५८ किलोमिटर माइलेज प्रदान गर्ने र न्यून इन्धनमा उच्चतम माइलेज प्रदान गरी अन्य स्कुटरको तुलनामा तीन वर्षको अवधिमा ९३ हजारसम्म चालकलाई बचत गर्न मद्दत पु-याउने कम्पनीले जनाएको छ । स्कुटरको उच्चतम फ्यूल इफिसिएन्सी लिखितमा मात्र दाबी नगरी कम्पनीले नियमित रूपमा ¥याली आयोजना गर्ने गरेको बताएको छ ।
स्मार्ट ‘कनेक्ट–एक्स’ फिचर सुरु गर्न एन्ड्रोइड फोन प्रयोग गर्ने चालकले ‘गुगल प्ले स्टोर’ र ‘एप्पल’को फोन प्रयोग गर्ने चालकले ‘एप्पल’को ‘एप स्टोर’मार्फत यामाहाको ‘कनेक्ट–एक्स’ एप डाउनलोड गरी उक्त एपमार्फत आफ्नो मोबाइल फोन स्कुटरमा कनेक्ट गर्न सकिने जनाइएको छ । ‘काठमाडौं रेजियर्स’ फुटबल क्लबको टाइटल स्पन्सर समेत रहेको उक्त स्कुटर ‘कनेक्ट –एक्स’ फिचरपश्चात् पनि पहिलेकै मूल्यमा उपलब्ध रहेको यामाहा नेपालका सीईओ राजु क्षेत्रीले बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया