भारतले निर्यात रोकेपछि गहुँको मूल्यमा उच्च वृद्धि
पेरिस । दक्षिण एसियाली देश भारतले गहुँ निर्यात रोकेपछि विश्वभर उच्च मूल्य बढेको छ । देशभित्र उच्च मूल्यवृद्धि भएको बताउँदै भारतले गहुँ निर्यात नगर्ने निर्णय गरेको थियो । सोसँगै युरोपेली बजारमा ४३५ युरोसम्म प्रतिटन मूल्य पुग्न गएको छ ।
फेब्रुअरीमा युक्रेनमाथि रुसले आक्रमण गरेसँगै विश्वमा गहुँको मूल्य बढिरहेको थियो । युक्रेनले मात्रै विश्वमा कुलमध्ये १२ प्रतिशत गहुँ निर्यात गर्छ । मलको अभाव र कम खेतीले विशवमा महंगी बढिरहँदा गरिब देशमा सामाजिक अस्थिरता सुरु भइसकेको छ ।
यस्तोमा दोस्रो ठूलो उत्पादक भारतले शनिबार गहुँ निर्यात रोक्ने निर्णय गरेको थियो । नयाँ दिल्लीले विश्वमा उच्च मूल्यवृद्धि भइरहेको र उत्पादन कम भएकोले यसले आफ्ना एक अर्ब ४० करोड जनसंख्याको खाद्य सुरक्षामा चिन्ता देखाउँदै निर्यात गर्न नसक्ने बताएको थियो । भइरहेका शिपमेन्ट नरोके पनि मे १३ मा थप निर्यात नगर्ने निर्देशन जारी भइसकेको छ । तर भारतको उक्त निर्णयलाई भने विश्वका सात ठूला अर्थतन्त्र भएका देशहरुको समूह जी ७ ले आलोचना गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
- नेपालका प्राय: सबै क्षेत्र विदेशी लगानीका लागि खुला छन्: सभापति देउवा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया