सिटी युनिभर्सिटी र शंकरा एकेडेमीको प्रथम इन्डो नेपाल समिट
काठमाडौं । सिटी युनिभर्सिटी पन्जाब र शंकरा एकेडेमी अफ भिजनको संयुक्त आयोजनामा प्रथम इन्डो नेपाल समिट काठमाडौंमा सम्पन्न भएको छ । विश्वविध्यालयका कुलपति चरण जीत सिंह चान्निले विद्यार्थीलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धायोग्य बनाउन आफूहरुले नयाँ युगअनुसारको शिक्षा दिने बताए । त्यस्तै विश्वविद्यालयका प्राध्यपकहरुले सिटी युनिभर्सिट नेपाली विद्यार्थीहरुको लागि उच्च शिक्षा हासिल गर्न उत्कृष्ट गन्तव्य बन्दै आएको बताएका छन् ।
कार्यक्रममा नेपाल हेल्थ प्रोफेसनल काउन्सिलका रजिस्ट्रार पुष्पराज खनालले नेपाली विद्यार्थीहरु विदेशस्थित विश्वविद्यालयप्रति झुकाव बढ्दै गएको बताए । कार्यक्रममा सिटी युनिभर्सिटीका चान्सलर चरनजीत सिङ चेन्नाइ, भाइस चान्सलर डाक्टर हर्ष सदावर्ती, प्रो चान्सलर तथा सिटी ग्रुपका मेनेजिङ डाइरेक्टर डाक्टर मानवीर सिङ शंकरा एकेडेमी अफ भिजनका प्रिन्सिपल डाक्टर आदित्य गोएल लगायत दुई सयभन्दा बढी नेपालका कलेज तथा युनिभर्सिटीका प्राध्यापक र विश्वविद्यालयका पूर्वविद्यार्थीहरुको उपस्थित रहेको थियो ।
भारतको सिटी विश्वविद्यालयले नेपाल लगायत विभिन्न देशका विद्यार्थीलाइ २५ करोड भारतीय रुपैयाँको छात्रवृत्ति दिने भएको छ । राजधानीमा शनिबार विश्वविद्यालयको प्रतिनिधिमण्डलद्वारा आयोजित उच्चशिक्षा सम्बन्धि सम्मेलनपश्चात् आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराइएको थियो । नेपाली विद्यार्थीलाई लक्षित गर्दै हरेक वर्ष काठमाडौं समिट गरिने बताइएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया