नेपाल इन्स्योरेन्सद्वारा वार्षिक साधारणसभाको आह्वान
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले वर्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही जेठ ३० गते नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा वार्षिक साधारणसभा गर्न लागेको हो ।
उक्त वार्षिक साधारण सभामार्फत संस्थाले हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब २४ करोड २३ लाख ३८ हजार पाँच सय ६५ रुपैयाँमध्येबाट ११ प्रतिशत अर्थात् १३ करोड ६६ लाख ५२ हजार दुई सय ४२ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्र्रस्ताव पारित गर्ने तयारी गरेको छ । कर प्रयोजनको लागि भने कम्पनीले शून्य दशमलव ५७ प्रतिशत अर्थात् ७१ लाख ९२ हजार चार सय ८६ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
बोनस सेयर जारी गरेपश्चात् कम्पनीको चुक्ता पुँजी एक अर्ब ३७ करोड ८९ लाख ९५ हजार आठ सय सात रुपैयाँ पुग्नेछ । कम्पनीले सोही वार्षिक साधारणसभामार्फत हाल कायम रहेको अधिकृत पुँजी दुई अर्ब रुपैयाँलाई वृद्धि गर्ने प्र्रस्ताव पारित गरेको छ । कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १७ करोड ९४ लाख ६२ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा १७ करोड एक लाख २२ हजार रुपैयाँ रहेको थियो ।
चुक्ता पुँजी एक अर्ब २४ करोड २३ लाख ३९ हजार रुपैयाँ रहेको कम्पनीको चालू आवको तेस्रो त्रैमासमा प्रति सेयर आम्दानी १४ रुपैयाँ ४५ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ८७ रुपैयाँ ७१ पैसा रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया