फोनपे आईएसओ २७००१ः२०१३ बाट प्रमाणीकृत
काठमाडौं । फोनपे पेमेन्ट सर्भिस लिमिटेड आईएसओ २७००१ः२०१३ बाट प्रमाणीकरण हुन सफल भएको छ । फोनपेले आफ्नो सेवामा उच्च गुणस्तरीयता प्रदान गरेको हुनाले आईएसओ (इन्फरमेसन सेक्युरिटी म्यानेजमेन्ट)२७००१ः२०१३ बाट प्रमाणपत्र पाएको हो ।
कम्पनीका अनुसार यस किसिमको प्रमाणीकरणले फोनपेको दायराअन्तर्गत गरिएका सबै कारोबार सुरक्षित रहेको र भुक्तान गर्ने ग्राहकका हरेक डाटा सुरक्षा गर्न कम्पनी प्रतिबद्ध छ भन्ने कुराको थप प्रमाणित गरेको छ । आईएसओबाट प्रमाणिकरण भएसँगै फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले फोनपे आम ग्राहकले सुरक्षित तवरले कारोबार गर्न सकून् भन्ने कुरामा प्रतिबद्ध रहेको र निरन्तर आफ्नो पूर्वाधारमा लगानी गरिरहेको बताए ।
यस्तै फोनपेका हेड अफ सेक्युरिटीका आस्लम अलीले आईएसओको प्रमाणीकरणले ग्राहक र कम्पनीको डाटा सुरक्षाको लागि कम्पनी प्रतिबद्ध रहेको देखाएको बताए । फोनपले यसअघि पनि डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ (पीसीआइ डीएसएस भिथिटुवान) प्रमाणीकरण प्राप्त गरिसकेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया