काठमाडौं । सरकारले पाँच सचिवको सरुवा गरेको छ । नेपाल ट्रष्टको कार्यालयका सचिव गोपालप्रसाद सिग्देललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ ।
सिग्देल सडक विभागका पूर्वमहानिर्देशक हुन् । महानिर्देशकबाट हटाएर उनलाई भौतिक मन्त्रालयमा सरुवा गरिएको थियो । भौतिकमा भएकै बेला उनलाई कर्णाली प्रदेशको भौतिक मन्त्रालयको सचिव बनाइएको थियो । त्यसपछि बढुवा भएर पुनः संघमै फर्किएपछि सिग्देललाई लामो समयसम्म नेपाल ट्रष्टको कार्यालयमै राखिएको थियो ।
सरकारले भौतिक मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठलाई राष्ट्रिय सतकर्ता केन्द्रको प्रमुख अधिकृत पदमा सरुवा गरेर सिग्देललाई भौतिकमा ल्याएको हो । बजेट आउन केही दिन मात्र बाँकी रहेको बेला सिग्देललाई भौतिक मन्त्रालय ल्याइएको छ । देशभरको सडक योजना कार्यान्वयन गर्ने महत्वपूर्ण जिम्मेवारी भौतिक मन्त्रालय र मातहतका कार्यालयलाई हुन्छ । त्यही भएर भौतिक मन्त्रालयको सचिव पदलाई शक्तिशाली पदका रुपमा लिइन्छ ।
अहिले योजनाहरु समावेश भएर अर्थ मन्त्रालयमा पठाईसकेपछि सिग्देललाई सचिव बनाएर ल्याएको छ । यसले काम गर्न सचिव सिग्देललाई सहज नभए पनि समस्या समाधान गर्ने लक्ष्यका साथ उनले बुधबार नै मन्त्रालयमा पदभार ग्रहण गरिसकेका छन् । सिग्देल सचिव भएर मन्त्रालयमा आउँदै गर्दा सडक योजनाहरु कार्यान्वय गर्ने मुख्य जिम्मेवारी रहेको सडक विभाग अहिले निमित्तको भरमा सञ्चालित छ ।
शिवहरी सापकोटाले अनिवार्य अवकाश पाएपछि अहिले सडक विभाग निमित्त महानिर्देशक शिव प्रसाद नेपालले चलाइरहेका छन् । उनलाई पूर्ण जिम्मेवारी दिने वा नयाँ महानिर्देशक नियुक्ति गर्ने भन्ने निर्णय भइसकेको छैन ।
सचिवले आफूलाई काम गर्न अनुकूलको महानिर्देशक चयन गर्ने चलन छ । यद्यपि महानिर्देशक नियुक्तिमा भौतिक मन्त्रीको साथै प्रधानमन्त्रीसमेतको चासोको विषय हुने गरेको छ । सचिवले आफूले चाहेको व्यक्तिलाई महानिर्देशक बनाउन सकेमा काम गर्न सहज हुने विगतको अनुभवले पनि देखाएको भौतिक मन्त्रालयका एक अधिकारीले बताए ।
त्यसैगरी खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवमा र प्रधामन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मणिराम गेलाललाई खानेपानी मन्त्रालयको सचिवमा, राष्ट्रिय सतर्कता केन्द्रका प्रमुख अधिकृत सुशीलचन्द्र तिवारीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिवमा सरुवा गरिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पोखरामा किसान पाठशाला सञ्चालन
- १९ सय ९८ बिन्दुमा खुम्चियो सेयर बजार
- आइजिपी कुँवर र इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुखबीच शिष्टाचार भेटघाट
- अनुदानमा उन्नत जातका भैँसी वितरण
- राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी
- सुन्तला बेचेर रु २१ करोड भित्रियो
- काठमाडौँ बन्यो विश्वकै पहिलो प्रदूषित सहर
- बुवाँखोलाको पानी लिफ्टिङ गरेर जन्तेढुङ्गामा निकालिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया