दैलेखमा ४८ जनालाई झोलुङ्गे पुल निर्माणसम्बन्धी तालिम
दैलेख । पूर्वाधार विकास कार्यालय दैलेखको आयोजनामा जिल्लाका युवाहरूलाई झोलुङ्गे पुल निर्माणसम्ब।न्धी तालिम प्रदान गरिएको छ । जिल्लाका नौ स्थानीय तहका ४८ जना महिला/पुरुषलाई नमूना झोलूङ्गे पुल निर्माण तलिम दिइएको पूर्वाधार विकास कार्यालय दैलेखका निमित्त प्रमुख प्रभाकर प्रसाद सिंहले जानकारी दिए ।
उनका अनुसार ग्रामीण विकास सेवा केन्द्र दैलेखको साझेदारी तथा हुरन्डेक इन ज्वाइन्ट भेन्चर विथ सेवक जेभी नेपाल र टिबीयसयू/हेल्भेटास कर्णाली प्रदेश सुर्खेतको सहयोगमा पूर्वाधार विकास कार्यालय दैलेखमार्फत जिल्लामा १२ वटा झोलुङ्गे पुल निर्माण हुँदै छन् । आर्थिक वर्ष २०७९/८० भित्र निर्माणसम्पन्न गरिसक्नुपर्ने झोलुङ्गे पुल निर्माणका लागि यही जेठ ७ गतेदेखि १४ गतेसम्म आठदिने तालिम प्रदान गरिएको हो ।
आर्थिक वर्ष २०७९/८० मा निर्माण हुनलागेका जिल्लाका १२ वटा झोलुङ्गे पुल निर्माणका लागि १२ वटै उपभोक्ता समिति गठन भइसकेको छ । सोही उपभोक्ता समितिका पदाधिकारी २/२ जना तथा प्रत्येक पुल निर्माण आयोजनाका दुई/दुई जना मिस्त्री गरी ४८ जनालाई उक्त तालिम प्रदान गरिएको साझेदार संस्था ग्रामीण विकास सेवा केन्द्र दैलेखका कार्यक्रम संयोजक नवीन शर्माले बताए ।
उनका अनुसार आर्थिक वर्ष २०७९/८० मा गरी दुई वर्षको अवैधमा जिल्लाका आठबिस नगरपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका, ठाटिकाँध गाउँपालिका, भैरवी गाउँपालिका, नौमुले गाउँपालिका, भगवतिमाई गाउँपालिका, डुङ्गेश्वर गाउँपालिका र गुराँस गाउँपालिका र महाबू गाउँपालिकाका विभिन्न स्थानमा गरी कुल १२ वटा झोलुङ्गे पुल निर्माण हुनेछन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया